२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्यालको टोकाइबाट १० जना घाइते

स्यालको टोकाइबाट १० जना घाइते

स्यालको टोकाइबाट १० जना घाइते

स्यालको टोकाइबाट १० जना घाइते

स्यालको टोकाइबाट १० जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  •  

    कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँमा बिहीबार बिहान स्यालको टोकाइबाट १० जना घाइते भएका छन्।

    स्यालको आक्रमणमा परेका व्यक्तिहरूमा पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीया राजमति कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, १२ वर्षीय कृष्ण यादव किसन रहेका छन्। माहादेइया गाउँका ५० वर्षीय वव्बु केवट, ३५ वर्षीय शिवकुमार यादव, ५० वर्षीय मुन्नालाल चौधरी, १५ वर्षीय अर्जुन यादव र कृष्णनगरका एक जना व्यक्ति पनि स्यालको आक्रमणबाट घाइते भएका हुन्।

    इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार, स्यालको आक्रमणपछि घाइतेलाई तत्कालै अस्पताल पठाइएको थियो। रेबिजविरुद्धको खोपको अभावका कारण ४ जनालाई बुटवल पठाइएको छ भने बाँकी घाइतेहरूलाई शिवराज अस्पताल, बहादुरगञ्जमा खोप लगाइएको छ।

    प्रहरीका अनुसार, घाइते सबैको अवस्था सामान्य रहेको छ। स्यालको आक्रमणको घटनापछि स्थानीयहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij