२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दसैंमा रूपन्देहीमा एक हजार प्रहरी परिचालित हुने

दसैंमा रूपन्देहीमा एक हजार प्रहरी परिचालित हुने

दसैंमा रूपन्देहीमा एक हजार प्रहरी परिचालित हुने

दसैंमा रूपन्देहीमा एक हजार प्रहरी परिचालित हुने

दसैंमा रूपन्देहीमा एक हजार प्रहरी परिचालित हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • भैरहवा 
    रूपन्देही प्रहरीले चाड पर्व दसैं, तिहारलाई लक्षित गर्दै एक हजार प्रहरी परिचालन गर्दै सुरक्षा दिने योजना बनाएको छ । प्रहरी कार्यालयले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरको नेतृत्वमा विभिन्न सुरक्षा योजना बनाई जिल्ला सुरक्षाको व्यवस्था मिलाइएको छ । 


    चाडपर्वका बेलामा हुने विगतका अपराधिक क्रियाकलापहरुलाई लिएर चोरी, पकेटमारी, ठगी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झँै–झगडा, जुवा तास, सवारी भाडा वृद्धि,  सवारी दुर्घटना ध्वनी प्रदूषण, कालोबजारी, विष्फोटक पदार्थको अवैध कारोबार, तस्करी र अवैध हातहतियार एवं लागुऔषध ओसारपसार गर्ने सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण र न्यूनीकरणका लागि रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरको नेतृत्वमा कमाण्ड पोस्ट स्थापना गरी विभिन्न टोलीमार्फत् प्रहरी परिचालन गरिएको हो । 


    चाडपर्वको समयमा घरेलु मदिराको प्रयोगबाट हुन सक्ने सुरक्षा चुनौती, सावैजनिक यातायातमा हुन सक्ने महिला हिंसा तथा दुव्र्यवहार, मठ मन्दिर, किनमेल स्थान, साँस्कृतिक कार्यक्रममा भिड व्यवस्थापन, सरकारी कार्यालय र महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, चोरी, लुटपाट, चन्दा संकलनलगायतका घटनाहरू हुने गरेको छ भने मुख्यतया साइबार अपराध, विपद् जस्ता घट्ने सम्भावनालाई मध्यनजर गर्दै  सुरक्षा व्यवस्था मिलाउनुका साथै आवागमन मार्गको सुरक्षा, पर्वको अवसरमा बाहिरका मानिसहरू समेत आ–आफ्नो घर फर्कने,  सीमा क्षेत्रमा हुने हैरानी, कृयाकलापलाई नियन्त्रण तथा न्यूनीकरण गरी समग्र जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाई राख्न दसैँ, तिहार तथा छठ पर्वको सुरक्षार्थको लागि विभिन्न सुरक्षा रणनीति अपनाइ जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको एसपी राठौरले जानकारी दिए । 


    नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि चाडपर्वसम्मका लागि ४३ वटा पिकेट, ट्राफिक समेत रहने गरी मा.प.से÷ला.प.से. सहितको चेक प्वाइन्ट १९ स्थानहरुमा, मोबाइल गस्ती १७ वटा, क्युआरटी मोटरसाइकल, साइकल गस्ती ४९ वटा, पैदल गस्ती १८ वटा, ट्राफिक समेत रहने गरी यात्रु सहायता कक्ष बेलहिया बसपार्क, बुटवल बसपार्क, भैरहवा बसपार्क, लुम्बिनी र कालिदह, सिमा नाकाहरूमा तस्करी नियन्त्रणका लागि जिल्लाभरका २४ स्थानहरुमा चेकिङ गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ । 


    कार्यालयका अनुसार जिल्लामा तालिका अनुसार एक हजार प्रहरी कर्मचारी खटिने, चोरीलगायत अन्य अपराधसम्बन्धी सचेतनामूलक जिङ्गल बजाउने, सचेतनामूलक पर्चा पम्पलेट वितरण गर्ने÷माइकिङ्ग गर्ने, आर्थिक कारोबार हुने स्थानहरुमा प्रहरीको उपस्थिति बढाउने, भारतीय सीमा नाकाहरुका साथै अन्य स्थानहरुमा पनि कुकुर परिचालन गरी चेकजाँच गर्ने, सीमा नाका तथा भिडभाड हुने स्थानहरूमा आवश्यकताअनुसार ड्रोन क्यामराले निगरानी गर्ने र  सार्वजनिक सवारी साधनहरुमा सादा पोशाकमा प्रहरी परिचालन गर्नेछ । 


    शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनकै लागि भएका प्रहरी जनशक्तिको अधिकतम प्रयोग गर्ने गरी योजना बनेको छ । नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनकालागि प्रहरीले क्विक रेसपोन्स गर्ने गरी प्रहरीको कन्टोल सेवामा पनि जनशक्ति थप गरेको छ । प्रहरीले कहि कतै कुनै शंकास्पद कार्यको सूचना भए सबैलाई समन्वय र सहजीकरणको लागि पनि आग्रह गरेको छ । जसको लागि कार्यालय प्रमसख, सूचना अधिकारी र डिउटी अधिकृत वा १०० नम्बर फोन गरेर सूचना दिन सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij