२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१

  • काठमाण्डौ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग आउँदो सोमवारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने उनको भनाइ छ ।

    सचिव शर्माका अनुसार बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको जानकारी दिए । अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको उनको भनाइ छ ।

    कान्ति राजपथ भोलिदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताए । यस्तै अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउन काम भइरहेको उनले दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij