२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • बुटवल । पछिल्लो समय मौसममा भएको परिवर्तनको कारणले दुर्घटना भएको निकै दुःखद भएकाे अटो इन्जिनियरिङ एसोसिएसनले दुःख व्यक्त गरेको छ। 

     बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आउँदै गरेका पर्वहरू विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४५ एवं छट पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यक्तिहरूले चाडपर्वको समयमा जनधनको क्षति हुनु दुःखद भएको बताएका थिए।

    सडकको दुरावस्थाको कारणले दुर्घटना हुने गरेको भन्दै कार्यक्रमका वक्ताहरूले यस्ता दुर्घटना चाडबाडको मुखमा भएका यस्ता दुर्घटनाले ठुलो जनधनको क्षति भएको बताएका हुन। कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतमले नेपालीहरूका महान् पर्वहरूको मुखमा दुर्घटना बेहोर्नु परे पनि शोकलाई शक्तिमा बदल्न जरुरी रहेको बताए।

    fec42914-beac-40a0-b92b-81ef2c0c80d3.jpg

     कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले यो व्यवसाय धराशायी बन्दै गइरहेको भन्दै यसको अवस्था सुधार्ने गरी काम गर्नुपर्ने बताए।

    कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिस्क व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष जनार्दन गैह्रेले दैवी प्रकोपले विपत्ति आएको अवस्थामा संघ संस्थाबाट के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने अवस्था आएको बताए। 

     बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले आफू नेतृत्वमा आए सँगै यो क्षेत्रका समस्या हटाउँदै थप क्षमता विकास एवं संस्थागत विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा वार्षिक कार्य योजना सहित लाग्ने बताए। 

     कार्यक्रममा पूर्व अध्यक्षहरू टंक गैरे, भोज बहादुर बुढाथोकी, केवल प्रसाद यादव, सल्लाहकारहरू सुशील श्रेष्ठ, कृष्ण प्रसाद न्यौपाने ,महेश्वर लम्साल,प्रेस सल्लाहकार प्रदीप आचार्य,कानुनी सल्लाहकार दामोदर घिमिरे, वाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, उद्योग उपाध्यक्ष ध्रुव राज भुसाल,महासचिव पुनीत पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij