अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा ३१ हजार १ सय ५५ रुपैंया जम्मा गर्ने भएको छ ।
केहि दिनअँघीं आएको बाढी पहिरोका कारण ठुलो संख्यामा मानविय तथा भौतिक क्षती भएको भन्दै राहात स्वरुप ३१ हजार १ सय ५५ रुपैंया जम्मा गर्ने निर्णय भएको जिल्ला सभापती केशव श्रेष्ठले जानकारी दिए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको विपि स्मृती भवन सन्धिखर्कमा शुक्रवार बसेको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । साथै देश तथा विदेशमा छरिएर रहेका अर्घाखाँचीवासी नागरिकमा विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न अपिल समेत गर्ने बैठकले निर्णय गरेको छ ।
हालै परेको वर्षाका कारण कैयौं मानिसको ज्यान गएको, सयौं नागरिक घाईते र हजारौं नागरिक घरबारविहिन भएका साथै अर्बौं रकम बराबरको क्षती भएकाले यस्तो विपत्तीका बेला राष्ट्रलाई सहयोग गर्नु सबैको दायित्व भएको कांग्रेस अर्घाखाँचीले ठहर गरेको छ ।




