२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विमानस्थल अधिग्रहणमा परेको मस्जिद कचरिहवामा शिलान्यास

विमानस्थल अधिग्रहणमा परेको मस्जिद कचरिहवामा शिलान्यास

विमानस्थल अधिग्रहणमा परेको मस्जिद कचरिहवामा शिलान्यास

विमानस्थल अधिग्रहणमा परेको मस्जिद कचरिहवामा शिलान्यास

विमानस्थल अधिग्रहणमा परेको मस्जिद कचरिहवामा शिलान्यास
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • भैरहवा । सिद्धार्थनगर–४ कचरिहवामा नुरी मस्जिदको शिलान्यास गरिएको छ । नियमित नमाज पढदै आएको मस्जिद गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि स्थानीयहरु बाहिर जानु पर्ने बाध्यता थियो । मुअब्जा रकमबाट जसो तसो मस्जिदको लागि जग्गा खरिद गरिए पनि निर्माणको काम सुरु हुन सकिरहेको थिएन । स्थानीयहरुको प्रयास र लुम्बिनी प्रदेश सरकारको पहलमा मस्जिदको शिलान्यास गरिएको हो । 

    शनिबार बरावशरिफका पीरे तरीकत हजरत बाबु मुहम्मद मसउद रजा अलवी र शेरे नेपाल सुफी मोहम्मद सिद्धीकले संयुक्त रुपमा मस्जिदको शिलान्यास  गरेका हुन । जग्गा लिईएपनि लामो समयदेखि मस्जिद निर्माणको काम सुरु हुन नसकेको पछि नुरी मस्जिद समाज संरक्षण समिति र स्थानीयको प्रयासमा मस्जिद निर्माणको थालनी गरिएको मस्जिद समितिका अध्यक्ष नसरुल्लाह धुनियाले बताए । 

    १३ धुर क्षेत्रफलमा करिब ७० लाख लागत अनुमानमा मस्जिद निर्माण गर्ने योजना रहेको छ । सुरुवाती चरणमा प्रदेश सासंद सन्तोष कुमार पाण्डेको संसदीय विकास कोषबाट ५ लाखको अनुदानमा शिलान्यासको कार्यक्रम गरिएको छ । स्थानीय सरकार, सहयोगी र दानवीरहरुको सहयोगमा मस्जिदलाई पूर्णता दिने लक्ष्यका साथ काम सुरु गरिएको अध्यक्ष धुनियाले बताए ।

    DSC00552.JPG
    undefined

    २ दर्जन मुस्लिम घरधुरी रहेको सो क्षेत्रका मुस्लिम समुदाय अहिले नमाज पढ्नका लागि छिमेकी मस्जिद शंकरपुर र पिपरहिया जानु परेको छ । यो मस्जिद निर्माणले कचरिहवाका मात्र नभई छिमेकी गाँउहरु शंकरपुर, जंगलटोल , पिपरहिया, मेउडिहवा सम्मको मुस्लिमहरुका लागि सहज हुने छ । 

    भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सासंद पाण्डे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिायक अहमद खाँ, वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव , राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतले यो क्षेत्रमा पहिलै देखि मस्जिद भएकोले ढिलै भएपनि मस्जिद पुननिर्माणको थालनी हुनु सुखद पक्ष रहेको बताए । मानव समुदायमा आँउन सक्ने मतभिन्नतालाई धर्म र संस्कृतिको माध्यमवाट एक आपसमा एकताको भावना जगाउनु पर्ने तर्फ जोड दिए । मुस्लिम समुदायको संस्कृति र संस्कारको संरक्षण गर्दै जानु पर्ने, मस्जिद बनाएरमात्रै नहुने भएकोले मस्जिदमा नियमित धार्मिक क्रियाकलापलाई जोड्दै समाजमा सकारात्मकविकास हुन जरुरी रहेको, मस्जिदमा नियमित रुपमा धेरै भन्दा धेरै नमाजीहरुको सहभागिता हुनु पर्ने र प्रर्थनाले आत्माको शान्ति हुनुका साथै, शारिरीक अभ्यास र स्वास्थ्य रह्न सकिने भएकोले केही समय निकालेर नमाजलाई प्राथमिकता दिनु पर्ने बताए ।

    समितीको अग्रसरतामा मस्जिदको लागि स्थानीयले नगद, बाटोको लागि जग्गा समेत दान गरेकोले निर्माणको काममा सबैलाई तन मन धनले सहयोग गर्न अपिल गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij