२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संस्थापक सम्पादक कार्कीको श्रद्धाञ्जली सभा

संस्थापक सम्पादक कार्कीको श्रद्धाञ्जली सभा

संस्थापक सम्पादक कार्कीको श्रद्धाञ्जली सभा

संस्थापक सम्पादक कार्कीको श्रद्धाञ्जली सभा

संस्थापक सम्पादक कार्कीको श्रद्धाञ्जली सभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • बुटवल । दैनिक लुम्विनी र राष्ट्रिय स्वाधीनताका लागि नागरिक मन्च रुपन्देहीको आयोजनामा दैनिक लुम्बिनीका संस्थापक सम्पादक कर्ण बहादुर कार्कीको निधनको नवौं दिनको पुण्य तिथीमा  श्रद्धाञ्जली सभा  भएको छ ।

    बुटवलमा भएको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले स्वर्गीय कार्कीले लोकतन्त्र र आवाजविहीन नागरिकको पक्षमा पत्रकारिता र आन्दोलनमार्फत गरेको योगदान सधैं अविस्मरणीय रहने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वर्गीय कार्कीले पञ्चायती व्यवस्था र राजतन्त्र विरुद्ध पत्रकारितामार्फत महत्वपूर्ण योगदान गरेको स्मरण गरे ।

    कार्की लोकतन्त्र र आम नागरिकविरुद्ध हुने अन्याय अत्याचारविरुद्ध लड्ने प्रतिबद्ध व्यक्ति भएको कार्कीले बताए । नेता केसीले  जीवनकालमा गरेका राम्रा कामको मूल्यांकन मृत्यु पछि पनि हुने भन्दै कार्कीका असल कामबाट सबैले सिक्नुपर्ने बताए ।

    राजनीति गर्ने नेता, मिडिया र नागरिकको इमान्दार  भूमिकाले मात्रै समाज बदलिने उल्लेख गर्दै नेता केसीले अहिलेको राजनीति कमाउने र धनी हुने व्यापार जस्तो भएको र नेताहरुको यस्तै प्रवृत्तिले लोकतन्त्रका पक्षपाती हौ भन्ने नेताबाटै लोकतन्त्र खतरामा रहेको बताए ।

    शक्ति राष्ट्रहरुको स्वार्थ र एजेण्डामा ठूला दलहरू चल्दा सरकार फेरबदल भइरहेको उनले बताए । राष्ट्रियता कमजोर बनेको र देश रहने हो कि होइन भन्ने संकटग्रस्त अवस्थामा पुगेको उनले बताए । 

    सो अवसरमा दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईले स्वर्गीय कार्कीले पत्रकारिताको संस्थागत विकास र विभिन्न आन्दोलनमार्फत समाजमा पुराएको योगदानलाई पत्रिका परिवारले सधैं सम्झिरहने  बताए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट कृष्णराज पौडेल, लेखक तथा वामपन्थी नेता विनबाहादुर कुँवर, लेखक ऋषि आजाद,अधिवक्ता ज्ञानु केसी , पदम कार्की  लगायतले स्वर्गीय कार्की स्वाभिमानी,निर्भिक र क्रान्तिकारी विचारको धनी अनि  आवाजविहिनको आवाज रहेको चर्चा गरे । कार्की विकृति विसंगति विरुद्ध आवाज उठाउने व्यक्ति भएकाले उनको योगदान बिर्सन नसकिने बताए ।  

    लुम्बिनी दैनिकका संस्थापक सम्पादक कार्कीको निधन लुम्बिनी दैनिकका संस्थापक सम्पादक कार्कीको निधन भावपूर्ण अन्तिम श्रद्धाञ्जली कार्कीजी भावपूर्ण अन्तिम श्रद्धाञ्जली कार्कीजी

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij