२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदेश प्रमुखलाई प्याब्सन लुम्बिनीको सम्मान

प्रदेश प्रमुखलाई प्याब्सन लुम्बिनीको सम्मान

प्रदेश प्रमुखलाई प्याब्सन लुम्बिनीको सम्मान

प्रदेश प्रमुखलाई प्याब्सन लुम्बिनीको सम्मान

प्रदेश प्रमुखलाई प्याब्सन लुम्बिनीको सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१

  • बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीलाई सम्मान गरेको छ । प्याब्सन प्रदेश समितिको पदाधिकारीको टोली प्रदेश प्रमुखको कार्यालयमै पुगेर सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

    प्रदेश प्रमुख घर्तीले २०४३ सालमा रोल्पामा निजी विद्यालय तुल्सी बोर्डिङ स्कूल स्थापना गरी हालसम्म सञ्चालनमा रहेको र प्याब्सन प्रदेशको सदस्य विद्यालय भएकाले पनि प्रदेश प्रमुखलाई सम्मान गर्न पाउंदा खुशी लागेको प्याब्सन प्रदेश अध्यक्ष लालहरि पाण्डेले बताए । 


    देशको शिक्षाको स्तर माथि उठाउन निजी शिक्षण संस्थाको भूमिका सरकारीको तुलनामा धेरै गुणा माथि भएपनि राज्यले निजी विद्यालय र त्यहां पढ्ने विद्यार्थीलाई सौतेलो ब्यवहार गरेको स्मरण गराउंदै अध्यक्ष पाण्डेले शिक्षामा विभेदकारी नीति परिवर्तन गरी समानता ल्याउन आफ््नो ठाउंबाट भूमिका खेल्न आग्रह अध्यक्ष पाण्डेले गरे ।

    प्रदेश प्रमुख घर्तीले आफ्नो पद सेरेमोनियल भएकाले राजकीय भूमिकाबाट नभएपनि व्यक्तिगत हिसाबले निजी विद्यालयको पक्षमा लागिरहने बताए ।

    सो अवसरमा प्याब्सन   केन्द्रिय सदस्यहरू शिव प्रसाद गैरे, टिकाराम   न्यौपाने , खेमेन्द्र राना, प्रदेश सचिव धनराज चापागाईं ,  रुपन्देही अध्यक्ष अनन्तराम  शर्मा, कपिलवस्तुका अध्यक्ष सुन्दर पान्डे ,  प्रदेश सदस्य डि.बि थापा, प्याब्सन रुपन्देहीका सहसचिव  हरि ज्ञवाली , पुस्तक तथा स्टेशनरी  ब्यवसायी महासंघका केन्द्रिय सदस्य राम कृष्ण चापागाईं लगायतले प्रदेश प्रमुखको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij