२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रुपन्देहीबाट सुरुवात भयो ‘ ब्लड बैक सफ्टेवयर’

रुपन्देहीबाट सुरुवात भयो ‘ ब्लड बैक सफ्टेवयर’

रुपन्देहीबाट सुरुवात भयो ‘ ब्लड बैक सफ्टेवयर’

रुपन्देहीबाट सुरुवात भयो ‘ ब्लड बैक सफ्टेवयर’

रुपन्देहीबाट सुरुवात भयो ‘ ब्लड बैक सफ्टेवयर’
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • भैरहवा ।  प्रविधीको विकाससँगै संस्थाहरुले पनि यस्को प्रयोग बढाउदै गएका छन । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले पनि प्रविधिको प्रयोग गर्दै नेपालमा पहिलो पटक ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

    वर्षौ देखि लिखित रुपमा व्यवस्थापन गरेको रक्त आपुर्ति, वितरण र संचिती लगायतको अवस्थालाई सफ्टवेयरको मद्दतले थप व्यवीसथत गरिएको छ । मानवीय रुपमा भइरहेको काममा थप सहजताका लागि अनलाइन प्रणाली मार्फत रेडक्रसका रगत सम्बन्धिका सम्पूर्ण काम गरिने छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले रक्त सञ्चार सेवा लाई अत्याधुनिक, व्यवस्थित, मित्तवयी, जवाफदेही, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवेयरको आवश्यक्तालाई महसुस गरेर ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप’ ल्याएको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले बताए ।

    ब्लल बैकको नाममा सफ्टेवयर सुरु गरेका छौ । दान गर्नेले कहिले गर्यो, कति पटक गर्यो कति महिनामा गर्यो भन्ने डिटेल डाटा त्यहा हुन्छ । नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका रक्तदाताहरुको तथ्याङकका लागि सफ्टवेयर प्रणालीको सुरुवात गरिएको हो । कसले कति पटक रक्तदान गर्यो भन्ने स्पष्ट तथ्यांक नहुँदा हिचकिचाउने रक्तदाताहरुले अब निर्धक्क सयममै रक्तदान गर्न पाउने छन  ।

    कसले कति पटक गरे भन्ने कागजी तथ्याङक भन्दा पनि अब , “आफलेू कति पटकसम्म रक्तदान ग–यो, त्यसको यकिन तथ्यांक रेडक्रस सँग हुन्छ, त्यसमा पनि आफूले दान गरेको रगतमध्ये कति प्रयोगमा आउन सकेको हो, त्यो कुराको जानकारी समेत रक्तदातालाई हु्नेछ ।”

    व्यवस्थित तथ्यांक नहुँदा आफैँंले नै मैले यति पटक रक्तदान गरें भन्नुपर्ने अवस्था थियो, “कसले कति पटक रक्तदान ग¥यो भन्नेस्वयंसेवी रक्तदाताको आधिकारिक तथ्यांक सम्बन्धीत निकायसंग हुनुपर्ने भएकोले इसको सुरुवात सम्भवत नेपालमै पहिलो पटक गर्न लागिएको छ ।

    रक्त सञ्चार सफ्टवेयरमा सम्पूर्ण तथ्याङकहरु, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्तमदिनमा शुभकामनासहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टम र विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याव रिपोर्ट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर इमेल मार्फत् पठाउन मिल्नेछ । यस्तै ‘रगत एक्सपाइरी अर्लाम सिस्टम, अनलाइन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने ’रेडक्रस रुपन्देही शाखाका कोषाध्यक्ष सुशील गुरुङले बताए ।

    हामीले ६ महिना लगाएर सफ्टवेयर र मोबाइल एप संचालनमा ल्याएका छौ, यस्को प्रयोग गर्दै अहिले सम्म भएका रक्तदानको विवरण पनि क्रमशः सफ्टवेयर अपडेट गरिँदै जाने छ । आवश्यकता, औचित्य र समयक्रमसँगै सफ्टवेयर र मोबाइल एपलाई व्यवस्थित र थप परिानर्जन गर्दै लैजाने सभापति न्यौपानेले भने । 

    नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले हस्तलिखित काम गर्दै आएको रेडक्रसलाई विस्तारै प्रविधितर्फ धकेल्दै लैजान लागेको बताए । उनले अहिलेको दुनिया प्रविधिमैत्री भएकाले आफूहरु पनि त्यसतर्फ लम्किएको बताए । ‘यसले अझ धेरै नागरिकको पहुँच पुग्ने छ’, उनले भने, ‘मेरो पालिकामा कुन ब्लड समूहका व्यक्ति छन् भन्ने जानकारी र सम्पर्क नम्बर समेत पाउँदा धेरै सहजता हुनेछ ।’ सफ्टवयेर र मोबाइल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उनको विश्वास छ ।

    अध्यक्ष पंगेनीले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत् ४५६ बढी सकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोग तथा २८ वटा पालिकाहरुसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे । उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गरे ।

    रेडक्रस रुपन्देही २०२७ साउन ७ गते स्थापना भएको थियो । लुम्बिनी टेकले रेडक्रसको सफ्टवेयर निर्माण गरेको हो । अत्याधुनिक, सुरक्षित र समयानुकुल परिवर्तन गर्न किसिमको सफ्टवेयर निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । 

    सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने भनेपनि रुपन्देहीमा एक वर्षको अवधिमा ३१ हजार ६ सय ७९ युनिट रगत संकलन भएको देखिन्छ । ती रगतबाट ३४ हजार ६ सय १७ युनिट रगत र रगत तत्व भैरहवा र बुटवल रक्त संचारबाट वितरण गरिएको छ । क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अनुसार वर्ष २०८०–८१ मा ३६ हजार ९ सय ५७ युनिट रगत संकलन भई वितरण भएको छ वितरण मध्ये केही अन्य जिल्ला र रक्तसञ्चारबाट पनि प्राप्त भएको हो  । 

    रेडक्रसको प्रविधिक सहयोग एक वर्षको अवधिमा रक्त सञ्चार केन्द्र बुटवलले घुम्ती रक्तदानबाट २२ हजार ४३ युनिट, स्वयंसेवी रक्तदाताहरुबाट ३ हजार ९ सय ५९ गरी २६ हजार २ युनिट रगत संकलन भएको छ । संकलित रगत मध्ये २१ हजार ७ सय ८ जना पुरुष छन भने ४ हजार २ सय ९४ जना महिला रहेका छन । यस्तै सेवा इकाई भैरहवाले घुम्ती रक्तदानबाट ४ हजार ८५ युनिट, स्वयंसेवी रक्तदाताहरुबाट १ हजार ५ सय ९२  गरी ५ हजार ६ सय ७७ युनिट रगत संकलन गरेकोे छ । संकलित रगत मध्ये ५ हजार २ सय ३१ जना पुरुष छन भने ४ सय ४६ जना महिला रहेका छन । यसरी जिल्लाबाट ३१ हजार ६ सय ७९ युनिट रगत संकलन भएको छ । आर्थिक वर्षको सुरुवातमा ४१५ युनिट रगत मौजदात थियो भने  अन्य रक्तसञ्चारबाट ६ सय ८७ युनिट रगत, परासीबाट १४ युनिट रगत संकलन भएको छ । 

    कार्यालयले दिएको तथ्याङक अनुसार बुटवलबाट २४ हजार ८ सय ३४ र भैरहवाबाट ६ हजार १ सय ८ युनिट गरी ३० हजार ९ सय ४२ युनिट रगत वितरण भएको देखिन्छ । यसका साथै रक्तदाता संस्थाको सिफारिसमा ३४ युनिट, सेवा शुल्क छुट गरी विपन्न वर्गलाई ६ युनिट, अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको ६ सय ८७ युनिट, रोग युक्त नष्ट गरिएको रगत ३७७ युनिट, प्रयोग गर्न अनुपयुक्त ६४ युनिट रगत रहेको छ । 

    रुपन्देहीबाट सबै भन्दा बढि रगत लुम्बिनी प्रादेशिक अस्पतालमा १० हजार ४ सय ११ युनिट वितरण गरिएको छ । यस्तै युनिभर्सल मेडिकल कलेज भैरहवामा ५ हजार ५ सय २०, गौतमबुद्ध मुटु अस्पताल बुटवलमा ५ हजार २ सय ३४, क्रिमशन अस्पताल मणिग्राममा १ हजार ५ सय ३ सिद्धार्थ बाल त्था महिला अस्पतालमा १ हजार ३ सय ६२ र भैरहवा स्थित भिम अस्पतालमा १ हजार १ सय ३७ युनिट रगत वितरण गरिएको छ । यसको अलावा आवश्यकता र माग अनुसार विभिन्न  ३८ वटा अस्पताल र जिल्लामा रगत वितरण गरिएको छ । जिल्लामा कुनै रगत समूहको रगत अभाव हुदा पनि बाहिरी जिल्लाबाट रगत लिने र बढी संचिती भएको रगत आवश्यकताको आधारमा पठाइने गरिन्छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij