२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नगरका समस्या समाधान गर्न सिद्धार्थनगरमा थपिए नगरप्रहरी

नगरका समस्या समाधान गर्न सिद्धार्थनगरमा थपिए नगरप्रहरी

नगरका समस्या समाधान गर्न सिद्धार्थनगरमा थपिए नगरप्रहरी

नगरका समस्या समाधान गर्न सिद्धार्थनगरमा थपिए नगरप्रहरी

नगरका समस्या समाधान गर्न सिद्धार्थनगरमा थपिए नगरप्रहरी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • भैरहवा ।  सिद्धार्थनगर नगरपलिका नेपालकै पुरानो नगरपालिका मध्येको हो, मुलुकमा थुप्रै नगरपालिकहरु स्थापित भइरहदा सिद्धार्थनगर भने तिनीहरुको तुलनामा पछि पर्याे । आयस्रोत कम र सिमासँग टासिएको नगरपािलकाले भएकोले सोचे अनुरुप नगरपालिकाको विकास भएको थिएन, एडीबीको लगानी सँगै थुप्र्रै विकासको काम सिद्धार्थनगरमा हुन पुग्यो ।

    पछिल्लो समय व्यवस्थित नगरको रुपमा परिचय बनाउदै गएको नगरपािलकाले नगरलाई अझै व्यवस्थित बनाउनका लागि नगरप्रहरीहरु नियुक्त गरेको छ । हुन त सिद्धार्थनगरमा नगर प्रहरी नभएको भने होइनन भएका नगरप्रहरी मध्ये केही अवकाश प्राप्त गरेकोले अहिले ५ जना मात्रै नगर प्रहरी सिद्धार्थनगरमा छ । १३ वटा वडा रहेको नगरपालिकमा ति अपुग भएपछि सिद्धार्थनगरले नगर प्रहरी परिक्षाको पाठ्यक्रम नै बनाई स्वच्छ तरिकाले नगरप्रहरी निरिक्षक, नगर प्रहरी सहायक निरिक्षक र नगरप्रहरी जवानको माग गरेको हो ।

    शरीरिक तन्दुरुस्ती परिक्षण, लिखित परिक्षा र मौखिक परिक्षा गरी १३० अंक भारको परिक्षा योजना बन्यो । नगरपालिकाले साउन ३० गते सार्वजनिक सूचना नै प्रकाशित गरि खुलाबाट १ जना नगरप्रहरी निरिक्षक, खुला बाट नै १ जना नगर प्रहरी सहायक निरिक्षक र खुला, महिला, आदिवासी जनजाती, मधेशी, मुस्लिम, दलित बाट गरी १५ जना नगरप्रहरी जवानको माग गरि परिपूर्ति गरिएको छ । 
    माग अनुसार नगरप्रहरी निरिक्षकमा एक जना, नगर प्रहरी सहायक निरिक्षकमा २२ जना  र नगरप्रहरी जवानमा ९२ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये नगरप्रहरी जवान तर्फ ८५ जना शरीरिक तन्दुरुस्ती परिक्षणमा सहभागी भई ३४ जना उतीर्ण भएको मध्ये लिखित परिक्षाबाट १५ जना छनोट भएका छन  । यस्तै नगर प्रहरी सहायक निरिक्षकमा आवेदन दिएका मध्ये २२ जना शरीरिक तन्दुरुस्ती परिक्षणमा सहभागी भई ४ जना उतीर्ण भएकोमा एक जना छनोट भएका छन ।   नगरप्रहरी निरिक्षकमा १ जनाको माग भएकोमा १ जनाको मात्रै निवेदन परेकोले शरीरिक तन्दुरुस्ती परिक्षणमा सहभागी भई अनुतीर्ण भएको सिद्धार्थनगर नगरपालिकाकाका प्रशासन प्रमुख देव ज्ञवालीले बताए । 

    प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगरपालिकाका लागि भएको सिमित नगरप्रहरीले नगरको काममा कठिनाई पुगेको आवश्यक काम गर्न नगरप्रहरी अतिआवश्यक भएकोले हामीले नगरप्रहरी नियुक्त गरेका हौ । आवश्यकता अनुसारको नगरप्रहरी नहुदा नगरपालिकलाई धेरै क्षेत्रबाट कठिनाई भएको छ । राजश्व संकलन, अवैध संरचना, फुटपाथ अतिक्रमण, नगर व्यवस्थापन, निर्णय कार्यान्वयन लगायतको काम प्रभावकारी रुपले हुन नसकेपछि नियुक्त हुने नगरप्रहरीलाई पूर्ण रुपमा प्रयोग गर्दे प्रभावकारी रुपले नतिजा आउने प्रमुख प्रशासकिय अधिकृत जनक थापाले भने । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय, प्रहरी तालिम केन्द्र बुटवल र पदपुर्ति समितिको सहकार्यमा छनोट प्रक्रिया गरिएको थापाले भने । 

    सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँले नगरपालिकामा जनशक्ति अभाव भएको कारण नगरपालिकाले लिएको निति ‘ग्रिन, क्लिन, इकोफ्रेन्डली ’ सिद्धार्थनगर बनाउने पूर्ण हुन सकेको थिएन । राजश्व संकलनमा सक्रियता बढाउने, नगर सफा सुग्घर राख्ने, छाडा चौपाय, ठेला तथा इरिक्सा व्यवस्थापन, फोहोर मैला तथा बजार व्यवस्थापन, पार्किङ, नगरपालिकाको निर्णय कार्यान्वयन गराउने लगायतको कामम सक्रियता बढ्ने अपेक्षाका साथ स्वच्छ रुपमा नगरप्रहरी नगरपालिकाले नियुक्त गरेको मेयर खाँले भने  । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij