२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पर्वलाई लक्षित गर्दै रुपन्देहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पर्वलाई लक्षित गर्दै रुपन्देहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पर्वलाई लक्षित गर्दै रुपन्देहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पर्वलाई लक्षित गर्दै रुपन्देहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पर्वलाई लक्षित गर्दै रुपन्देहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • भैरहवा ।  नेपालीहरुमा महान पर्व बडा दसैं, दिपावली, छठ पर्वलाई लक्षित गर्दै रुपन्देहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा हुने भिडभाड व्यवस्थित गर्न पर्यटक र आम नागरिकलाई अनावश्यक हैरानी÷झण्झट तथा लुटिनुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्ने उद्देश्यले यात्रुहरुको सहयोगका लागि रुपन्देहीको यी स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । 

    चाडपर्वको समयमा धेरै दुर्घटनाहरु हुने गरेको विगतको तथ्याङकलाई मध्यनजर गर्दै भैरहवा बसपार्कमा स्वास्थ्य परिक्षण सहितको यात्रु सहायता कक्षको व्यवस्थापन गरिएको छ । यहाँबाट छुट्ने गाडीकोे तथ्याङ राखी चालक–सहचालकको स्वास्थ्य परिक्षण गरि मात्रै गनतव्य तर्फ जाने व्यवस्था डेस्कमा गरिएको छ । स्थलमार्ग भई सबै भन्दा बढि पर्यटक आउने नाका समेत यही रहेकोले पर्वको समयमा भिड्भाड बढि हुदा नागरिकले सीमा क्षेत्र, वसपार्कहरुमा अनेक समस्या भोग्ने, सवारी चाप र चालकको लापरबाही पनि यही बेला बढि देखिएको पाइएपछि न्यूनिकरणका लागि एकीकृत सेवा प्रदान गर्न लागिएको हो । 

    सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर लगायतले चालक सहचालकलाई टिका माला लगाई  भैरहवा बसपार्कमा स्थापना गरिएको सहायता कक्षकोे उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथी खाँँले चालकहरु सचेत भयौं भने धेरै दुर्घटना नियन्त्रण हुने हुदा चालकहरु सचेत भई सुरक्षित रुपमा यात्रा गराउदा व्यवहार र बोलीमा पनि नम्रता ल्याउनु पर्ने बताए । यात्रामा कर्मचारीबाट दुव्र्यवहार गरेको सुनिन्छ यसलाई सुधार्नुपर्ने, बढि भाडा लिने, गनतव्यमा नछोड्ने लगायतको समस्या समाधान चालकले गर्न सकिने बताए । गलत क्रियाकलापलाई रोक्न नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरिएकोले यस्तो सम्मानले चालक र सह–चालकलाई आफ्नो दायित्व र जिम्मेवारीको बोध हुने बताए । 

    प्रमुख जिल्ला अधिकारी अर्यालले धेरै जसो दुर्घटना चालकको लापरवाहीले हुदा जोखिम लिएर भन्दा चनाखो भई सवारी गुडाउनु पर्ने बताए । पर्वको बेला सवारी चाप हुने भएकोले नै नागरिकले सीमा क्षेत्र, वसपार्कहरुमा अनेक समस्या नभोगुन र दुर्घटना न्यूनिकरणका लागि एकीकृत सेवा प्रदान गर्नेगरि जिल्लाका सीमा नाका, वसपार्क र धेरै भीडभाड हुने स्थानहरुमा नागरिक सहायक कक्ष स्थापना गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले निर्विवाध रुपले सवरी साधन उपलब्ध हुने र यो क्षेत्रबाट विभिन्न क्षेत्रमा जाने यात्रुहरुलाई सवारीसाधन भएन, बसपार्कमा दुख पाएको, छतमा यात्रा गर्नुपर्यो लगायतको अनुभूति यातायत व्यवसायीले नदिने प्रतिबद्धता जनाए । दशै दशाको रुपमा परिणत नहुनका निम्ति यात्रुको चापलाई व्यवस्थित गर्न हामी लागेका उनले भने । 
    छठ पर्वसम्मै राखिने गरि रुपन्देहीको बेलहिया, बुटवल, ककरहवा, पर्सा चोक र भैरहवामा यात्रु सहायता कक्ष स्थापना भई काम गरिरहेको रुपन्देही प्रहरी प्रमुख एसपी रंजित सिंह राठौरले बताए ।

    जिल्ला प्रशासन सुरक्षा समितिको योजनामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय तहको पहलमा सहायता कक्ष स्थापना गरिएको छ । ठाँउ ठाँउमा भएको चेकिङ सुरक्षाको लागि भएकोले यसलाई सकरात्मक रुपमा लिनु पर्छे । अरुलाई अवरोध नहुनेगरि पर्व मनाउन अनुरोध गर्दे एसपी राठौरले २४ घण्टा नै सुुरक्षाका लागि प्रहरी तैनाथ रहेको जानकारी दिए । 

    चाडपर्वको बेला बाह्य र आन्तरिक यात्रुको आवागमन सुरक्षित गर्ने÷गराउने, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुने सक्ने अवाञ्चित गतिविधिको नियन्त्रण गर्ने÷गराउने, यात्रुहरुलाई गन्तव्यमा सुरक्षित रुपमा पुर्याउने जिम्मा लिनुभएका चालक र सह–चालकको पेशाप्रतिको सम्मानको भावना जागृत गर्ने÷गराउने, नागरिकको सुरक्षित यात्रा सुरक्षित गर्न जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी समिति र सरोकारवालाहरुको जिम्मेवारी बोध गर्ने÷गराउने जिल्ला प्रशासन कार्यालयको सक्रियता यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

    गलत क्रियाकलापलाई रोक्न नागरिक÷यात्रु सहायता कक्षले सहयोग गर्नेछ भने भाडादर, यात्रामा कर्मचारीबाट दुव्र्यवहार भए नभएको एउटै टिकट एक भन्दा बढी यात्रुलाई बेचेमा, चोरी वा लुटपाट भएमा सहायता प्रदान गरिनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij