२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल हस्टिल प्रा.लि. दशैमा पनि खुल्ला

बुटवल हस्टिल प्रा.लि. दशैमा पनि खुल्ला

बुटवल हस्टिल प्रा.लि. दशैमा पनि खुल्ला

बुटवल हस्टिल प्रा.लि. दशैमा पनि खुल्ला

बुटवल हस्टिल प्रा.लि. दशैमा पनि खुल्ला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • बुटवल । स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन सफल बुटवल हस्पिटल प्रा.लि.ले हिन्दु नेपालीहरुको ठुलो पर्व दशै अवधीभर पनि पनि आफ्ना सबै स्वास्थ्य सेवा संचालन गर्ने भएको छ ।

    चाडपर्वको वेला अधिकाश स्वास्थ्य संस्थाहरु बन्द हुदां विरामीहरुलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरु नियमित रुपमा संचालनमा राख्ने जनाएको हो ।

    बुटवल हस्पिटल प्रा.लि.ले ईर्मेजेन्सी, आईसीयु, एचडियु,जनरल वार्डहरुका साथै अधिकाशं ओपिडी सेवाहरु समेत संचालन गर्ने छ ।

    असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकाश स्वास्थ्य सेवाहरु समेत बन्द हुने गर्दछन् । 


    चाडपर्वमा विरामीहरुका लागि स्वास्थ्य संस्थाहरु झ्न वढि आवश्यक पर्ने देखिएकोले बुटवल हस्टिल प्रा.लि.ले आफ्ना सबै सेवाहरु संचालन गर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिए । उनले ओपिडीका लागि पालैपालो डाक्टरहरुले सेवा दिए पनि अन्य विभागहरु नियमित रुपमै संचालन हुने बताए। 


    बुटवल हस्पिटलले दशैको वेला अप्रेसन समेत गर्ने गरि चिकित्सक सहितको कर्मचारी व्यवस्थापन गरेको अस्पतालका अस्पतालका निर्देशक डा कृष्ण खनालले बताए । दशै अवधीभर अस्पतालले एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, ल्याव सहितका सबै सेवा नियमित नै संचालन गर्ने भएको छ । त्यसका लागि सबै वातावारण मिलाईएको अस्पतालले जनाएको छ । 


    एक सय वेड संचालन अनुमती पाएको बुटवल हस्पिटलले केहि समय अधि मात्र अत्याधुनिक भवन, उपकरण सहितको नयां व्यवस्थापनमा उपचार सेवा बुटवल ६ चांदवारीबाट शुरु गरेको छ ।

    २४ वर्षदेखि बुटवलहको हस्पिटललाईनबाट सेवा संचालन गरेको बुटवल प्रा.लि.४ महिना अधि आफ्नै भवनबाट संचालनमा आएको हो । जहां ३६ जना विशेषज्ञ चिकित्सक सहित करिव २ सय स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij