२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रहेनन रतन टाटा, भारतको अर्थतन्त्रमा धक्का लाग्न सक्ने

रहेनन रतन टाटा, भारतको अर्थतन्त्रमा धक्का लाग्न सक्ने

रहेनन रतन टाटा, भारतको अर्थतन्त्रमा धक्का लाग्न सक्ने

रहेनन रतन टाटा, भारतको अर्थतन्त्रमा धक्का लाग्न सक्ने

रहेनन रतन टाटा, भारतको अर्थतन्त्रमा धक्का लाग्न सक्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • बुटवल । भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ ।

    ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो । यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो ।

     

    पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।

    भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् ।

    आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ ।

    रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

    सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो ।

    विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij