बुटवल । बुटवल उपमहानगरपालिका ११ स्थित दुर्गानगरमा दुर्गापुजन सम्पन्न भएको छ।
बडादशैको उपलक्ष्यमा आयोजना गरिएको दुर्गापुजनमा विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको बिष्णु मिश्राले जानकारी दिए।
बुद्ध एयरका क्याप्टेन गौरव बोहरा सहित आएका राजन सुक्ला, किरण क्षेत्री, रविकान्त उपाध्यय, सुमन गुरु, चक्रपाणि भन्डारीको आतिथ्यमा संयोजक/संकल्पकर्ता ललिता गुरुङ, सहयोगि माता सुमित्रा भन्डारी , मिश्र युवराज केसि, बबि सुनार कमल खनाल लगायत दिदिबहिनी समुहको सहयोग र स्वागत सत्कार सहित बाजागाजाका साथ सम्पन्न भएको हो ।
बिशेष सहयोगी बिष्णु मिश्र, प्रमुख पन्डित मदन अर्याल सहित दुर्गानगरका ब्यक्तिहरुको सहभागीता तथा सहयोग रह्र्को थियो।
बिहिवार फुलपाती भित्राइएको थियो भने र साझ भजन कृतन, बाजागाजा सहित राती कालरात्रीपनि मनाईएको थियो।




