२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • बुटवल । भाउजु हत्या गरेको अभियोगमा ज्वाई (नन्दको श्रीमान्) लाई प्रहरीले पक्राउ गरेको छ । चितवनको माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

    रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार असोज १९ देखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ मा घरनजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।

    घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ मा पक्राउ गरेको थियो ।

    प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठूलो रिंङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरु बरामत गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसनधान सुरु गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij