२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम

नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम

नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम

नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम

नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • नवलपुर । ६९ औं प्रहरी स्थापना दिवस आज नवलपुर सहित देश भर विविध कार्यक्रम गरी मनाइएको छ ।

    दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा भएको कार्यक्रममा अमर प्रहरी परिवार, जेष्ठ भूपू प्रहरी, विभिन्न खेलकुद प्रतियोगितामा भएका विजयीहरु लगायतलाई सम्मान गरिएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सीमित जनशक्तिका बाबजुत पनि शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रण, कानुन कार्यान्वयन लगायत जिम्मेवारीका विविध क्षेत्रहरुमा प्रहरी सङ्गठनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    प्रविधिमा आएको विकास, सीमापार अपराधको प्रवृत्तिमा आउने परिवर्तन, बढ्दो आप्रवासनले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गर्न सक्नेप्रति सजग रहन समेत उहाँले प्रहरी संगठनलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पहुँच नहुनेहरुले न्याय पाउने पहिलो स्थान नै प्रहरी कार्यालय भएकाले जनताको मन जितेको बताए ।

    कार्यक्रममा प्रहरी नायव उपरीक्षक जेशी शाहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्व प्रहरीका तर्फबाट पूर्व प्रहरी नायव निरीक्षक तिलकराम देवकोटा, अमर प्रहरी परिवारका तर्फबाट अमृता सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डा र कावासोतीको योङ्ग स्टार युवा क्लव लगायत विभिन्न समयमा सहयोग गर्ने सहयोगी संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अमर सहिद स्तम्भमा माल्यार्पण समेत गरिएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले प्रहरीले विभिन्न क्षेत्रमा खेलको योगदानको चर्चा गर्दै नेपाल प्रहरीको इतिहात गौरवमय रहेको उल्लेख गरे । प्रहरी निरीक्षक सुदिप भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, पूर्व प्रहरी, अमर प्रहरीका परिवार, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij