२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मीको सत्यवतीमा काष्ठ तथा चित्रकला कार्यशाला शुरु

गुल्मीको सत्यवतीमा काष्ठ तथा चित्रकला कार्यशाला शुरु

गुल्मीको सत्यवतीमा काष्ठ तथा चित्रकला कार्यशाला शुरु

गुल्मीको सत्यवतीमा काष्ठ तथा चित्रकला कार्यशाला शुरु

गुल्मीको सत्यवतीमा काष्ठ तथा चित्रकला कार्यशाला शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • जगीलाल थापा /  गुल्मी ।  गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेक, सत्यवतीमा ढलापडा लाली गुराँसका काठहरुमा निर्माण गरिने काष्ठ, मूर्ति, चित्र तथा कार्याशाला हिजो १ गते देखि शुरु भएको छ।

     सत्यवती गाउँपालिकाको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शुरु भएको उक्त कार्यशालामा देशभरका २४ जना राष्ट्रिय मुर्ति तथा चित्रकारहरुले गुराँसको सुकेका काठहरुमा मुर्ति बनाउने छन।

    कार्यशालाको शुभारम्भ लुम्बिनी प्रदेश सांसद चिन्तामणि पाण्डेले गरे । 

    463751627_8646344452148585_1540005042326365395_n.jpg

    कार्यशलाको शुभारम्भ गर्दै सांसल पाण्डेले नेपालीहरू आवश्यकताले नभई लहरले बिदेश गएको बताए। 

    नेपालको शिक्षा नीति पनि गलत भएको बताउदै सांसद पाण्डेले स्वदेशमै रहेर उद्यम गर्न चाहने हरेक युवाहरुलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने समेत बताए ।

    सांसद पाण्डेले सत्यवती क्षेत्र गुल्मीको मात्र नभएर देशकै १०० पर्यटकिय गन्तब्य क्षेत्रको रुपमा समेत सूचिकृत भएको र यहाँको बिकास र पर्यटन प्रबर्द्धनमा स्थानीय, प्रदेश र संघको समन्वय, सहयोग र सहकार्यमा स्थानीयहरुको सहभागितालाई जोड दिन आवस्यक रहेको उल्लेख गरे । 

    कार्यशाला पश्चात बिभिन्न प्राकृति तथा र्पुाधार बिकासको क्रममा ढलेर खेर गइरहेका राष्ट्रिय फूल लाली गुराँसका काठहरुबाट यहाँको संस्कृति झल्किने चित्र तथा मुर्तिहरु निर्माण हुने जसले गर्दा यहाँको आत्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षणको केन्द्र बनाउने सांसद पाण्डेले विश्वास व्यक्त गरे । 

    कार्यशाला उद्घाटन सत्रको अध्यक्षता गर्दै सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले दस दिनसम्म चल्ने कार्याशालाले सत्यवतीको पहिचान दिने बताए । 
    अध्यक्ष पाण्डेले सत्यवती क्षेत्र पर्यटन विकासका लागि पुर्वाधार निर्माण अन्तर्गत काष्ठ, मुर्ति तथा चित्रकला कायर्यशालालाई बुझ्नु पर्ने उल्लेख गर्दै कार्यशालाबाट आदिवासी ज्ञान र संस्कृति शिर्षकमा तयार हुने विम्वात्मक बिभिन्न मुर्ति तथा चित्रहरुले सत्यवतीको ग्रामीण पर्यटन प्रवर्द्धनमा निकै ठूलो महत्व बढ्ने अध्यक्ष पाण्डेले विश्वास ब्यक्त गरे । 

    कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामु मगरले सत्यवती क्षेत्रको ग्रामीण पर्यटन प्रबर्द्धनका लागि संचालन गरिएको कार्याशालामा स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरका २४ जना मुर्तिकार तथा चित्रकारहरुको सहभागीता रहेको बताए। 

    कार्यशलामा सहभागी कलालकारहरुलाई सत्यवतीमा स्वागत गर्न पाउदा सत्यवती र सत्यवतीसंग जोडिएका छिमेकी स्थानीय तहरुमा समेत थप उर्जा थपिएको यसले स्थानीयहरुमा नयाँ उत्साह समेत थपिएको वडा अध्यक्ष तरामुले बताए।

    सत्यवती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खडगवीर थापा मगर र वडा नं. ४ का वडा अध्यक्ष पिताम्बर ज्ञवालीको समेत आतिथ्यता रहेको कार्यक्रममा प्राज्ञ द्वय नरेन्द्र भण्डारी र यमबहादुर थापाले कला र कलाका विविध पक्षहरु र त्यसको महत्वबारे बिचार व्यक्त गरेका थिए । 

    461269656_9061959240499880_396042333275768634_n.jpg

    कार्याशालामा प्राज्ञ एवं बरिस्ठ मूर्तिकारहरू दिनेश्वर महतो, भुवन थापा बहुविु, नरेन्द्र भण्डारी, यमबहादुर थापा, कलाकारहरू बेनु थापा, विशाल सारू मगर, कुशल थापा, सुमित्रा राना, सुजना श्रीस, हरि बयम्बु, श्याम प्रजापती, गोबिन्द चौधरी, शान्त राहादी, प्रीतम राना, अजय नेपाली, रिमा मिधुन, देविराम राहादी, निलम राहादी, जय पुलामी, गामदेव तरामु, पुजन खतिवडा, यमबङ थापा लगायत कलाकारहरूले आदिवासी ज्ञान र संस्कृति शिर्षकमा १० दिन सम्म विम्बात्मक मुर्ति र चित्रकलाहरु सिर्जना गर्ने सत्यवती गाउँपालिकाका बुद्धिजीवी अगुवा खोमा तरामु मगरले जानकारी दिए।

    ३ नं. वडा कार्यालयको समन्व तथा साकटेक नेपाल, गुल्मीको व्यबस्थापनमा  संचालन भएको कार्यशालाको अवलोकन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न समेत सत्यवती गाउँपालिकाले आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij