२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २:  द रुल’ बारे नयाँ अपडेट आएको छ । 

    निर्माण पक्षले हालै फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । डिसेम्बर ६ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।

    निर्माताले ‘पुष्पा २:  द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर ९ सय करोड कमाई गरिसकेको टाइम्स अफ इण्डियाले उल्लेख गरको छ । फिल्म कुन ओटीटी प्लेटफर्ममा रिलिज हुन्छ भन्ने आधिकारीक घोषणा भने हुन बाँकी छ । 

    ५०० करोडको लागतमा बनेको ‘पुष्पा २:  द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

    फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ । फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए ।

    फिल्म ६ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ । यसअघि फिल्मलाई १५ अगस्ट २०२४ मा स्वतन्त्रता दिवसको अवसरमा रिलिज गर्ने घोषणा गरिएको थियो तर छायांकन र पोस्ट प्रोडक्सनको काम अधुरो भएकाले रिलिज पछि सारिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij