२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मनिप्लान्ट सहकारीको नाफा करिब १७ लाख

मनिप्लान्ट सहकारीको नाफा करिब १७ लाख

मनिप्लान्ट सहकारीको नाफा करिब १७ लाख

मनिप्लान्ट सहकारीको नाफा करिब १७ लाख

मनिप्लान्ट सहकारीको नाफा करिब १७ लाख
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • परासी ।मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.को १२औँ पवार्षिक साधारण सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ४ मा रहेको मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.को लि.को १२औँ वार्षिक साधारण आज सुनवलको फुडस एण्ड फल्वायर हाेटलमा  सम्पन्न भएको हो । 

    संस्थाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद खड्क बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्दै सांसद बस्नेत सहकारीले सदस्यहरूलाई जुन क्षेत्रमा लगानी गरेकाे शेयरसदस्यले त्यस क्षेत्रमा लगानी गरेकाे छ कि नाहि अनुगमनका गर्न जरुरी रहेेकाे बताए ।सहकारीहरूले शेयर सदस्य भन्दा अरू ठाउँमा लगानी गर्दा अहिले सहकारीहरूमा समस्या आएकाे बताए ।शेयसदस्यलाई  उत्पादनमा जोडेर आत्मा निर्भर बनाउन आजको आवश्यकता रहेको बताए । 


    वि.स २०६९  सालमा स्थापना भएको उक्त सहकारीमा पुरुष २३८जना र महिला ३२९ जना गरी ५ सय ६७ जना शेयर सदस्यहरू रहेको संस्थाका  सचिव किशोर कर्मचार्यले जानकारी दिए ।

    वार्षिक साधारण सभामा सचिव प्रतिवेदन किशोर कुमार कर्माचार्य लेखा समिति प्रतिवेदन ऋषिराम भुसाल,उमा कुमारी गुरूङ कोषाध्यक्ष र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थाले वार्षिक ४ करोडको ८८ लाख ४० हजार कारोबार गर्दै कुल १६ लाख ७६  हजार एक सय  रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको संस्थाका लेखा संयाेजक ऋषिराम भुसालले  जानकारी दिए । सहकारीले २०८०/८०१मा ४  करोडको ८८लाख  ४० हजार ३ सय ८६ रुपैयाँ  कारोबार गरेको उनले बताए ।

    शेयर पुँजी ४७ लाख ७३ हजार ८ सय रहेको  छ भने तीन कराेड ९९ लाख रहेकाे संस्थाले जनाएकाे छ ।एसईईमा उत्कृष्ट अङ्क ल्याउने  शेयर सदस्य छाेराछाेरीहरूलाई संस्थाले  सम्मान गरेको थियो ।

    संस्थाका बलबहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पदम बहादुर क्षेत्री सुनवल नगरपालिका वडा न ४वडाअध्यक्ष  बालकृष्ण पगेनी कबिता बाचक एवम् संस्थाका सदस्य  लक्षमण पाैडेल क्षेत्री संस्थाका  शेयर सदस्यतर्फबाट मदन पाैडेल, मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका सचिव किशाेर कर्मचार्य मन्तव्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij