२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अपाङगता कम गराउन भैरहवामा अर्थो प्राथमिक उपचार प्रशिक्षण

अपाङगता कम गराउन भैरहवामा अर्थो प्राथमिक उपचार प्रशिक्षण

अपाङगता कम गराउन भैरहवामा अर्थो प्राथमिक उपचार प्रशिक्षण

अपाङगता कम गराउन भैरहवामा अर्थो प्राथमिक उपचार प्रशिक्षण

अपाङगता कम गराउन भैरहवामा अर्थो प्राथमिक उपचार प्रशिक्षण
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • भैरहवा । प्राथमिक उपचार बैज्ञानिक तरिकाले होस भन्ने ध्येयका साथ रुपन्देहीका ७० जनालाई अर्थो सम्बन्धि प्राथमिक तालिम दिइएको छ ।

    दुर्घटना पश्चात हुने जोखिमलाई कम गर्न स्वास्थ्य संस्था पुग्नु अघि प्रारम्भिक उपचार गाँउ घर वा मेडिकल सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा सरोकारवाला गैर स्वास्थ्यकर्मीलाई प्राथमिक ट्रमा हेरचाह तथा ननअपरेटिभ फ्याक्चर व्यवस्थापन तालिम दिइएको हो ।

    एओ एलायन्स स्विजरल्याण्डको आयोजना सिल्भरलाईन हस्पिटल, काठमाडौंको प्रविधिक सहयोग र युवा समाजसेवी क्याप्टेन गौरव बोहराको समन्वयमा रुपन्देहीका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी, लक्षित समूहलाई दुईदिने प्रशिक्षण दिइएको समन्वयकर्ता राजन शुक्लाले जानकारी दिए ।

    नेपालमा दिनहुँ सडक दुर्घटनामा परि ज्यान गुमाईरहेको संख्या बढ्दो भइरहेको बेला तालिम पश्चात दुर्घटनामा परि ज्यान गुमाउनेहरुको मृत्युदर न्यूनीकरण हुने अपेक्षा छ । तालिम लिएकाहरुले दुर्घटनामा परि चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई सही प्राथमिक उपचारले जीवन रक्षा गर्न सकिन्छ भन्ने विषयमा पहिलो प्रथामिक उपचार गर्न सक्षम भएका छन यसले दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या घटाउने सकिने छ भने उपचारमा जटिलताबाट समेत जोगाउन मद्धत मिल्नेछ ।

    प्रशिक्षणमा सिल्भरलाईन हस्पिटलका अर्थोपेडिक सर्जन डा. रमेश प्रसाद सिंह सहितको चिकित्सकहरुले तालिमको सहजीकरण गरेका थिए । उनले बेसिक कुराहरुको जानकारी दुईदिने तालिममा प्रदान गरेपनि सधै दक्षता बढाउनका लागि सहयोग गर्ने बताए । तालिमले लक्षित समूहकोे बौद्धिक विकास, क्षमता अभिबृद्धि र प्राथमिक तहमा काम गर्ने क्षमता बढेकोले यसले अपाङगता कम गराउने डा.सिंहले भने ।

    WhatsApp Image 2024-10-20 at 9.58.51 AM.jpeg
    undefined

    तालिमको उद्देश्य प्राथमिक उपचारको हेरचाह र गैर–अपरेटिभ फ्र्याक्चर व्यवस्थापनलाई सामान्य मस्कुलोस्केलेटल चोटहरू र फ्र्याक्चरहरूको व्यवस्थापन, आधारभूत सिद्धान्तहरूको बारे ज्ञान र दिशानिर्देशहरू प्रदान गर्नु हो भने सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने अंगभंगहरूलाई पहिचान गर्न प्रभावकारी प्राथमिक उपचार हेरचाह प्रदान गर्न सहभागीहरूलाई सक्षम बनाउने रहेको छ । यो कोर्स प्यारामेडिकहरू, सामान्य चिकित्सकहरू र प्राथमिक ट्रमा हेरचाह र गैर–सञ्चालित फ्र्याक्चर व्यवस्थापनमा आफ्नो ज्ञान र सीपहरू विकास गर्न रुचि राख्ने युवा ट्रमा सर्जनहरूको अभ्यास गर्न लक्ष्यका साथ बनाइएको हो ।

    तालिममा प्राथमिक उपचार हेरचाह, फ्र्याक्चर व्यवस्थापन, सामान्य फ्र्याक्चरको उपचार, आर्टिकुलर फ्र्याक्चरको उपचार, पालस्टर, कास्ट र स्पीलन्ट लगायतको विषयमा शिक्षा र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

    गाउँघरमा कसैलाई चोटपटक लागेको वा कुनै दुर्घटनामा परी घाइते भएको स्वास्थ्य संस्था टाढा भएको अवस्थामा संस्थामा पुग्नुअघि प्रारम्भिक उपचार सहज होस् र मानिसलाई कुनै जटिल समस्या नआओस् भन्नका लागि यो तालिम गरिएको हो । चोटपटक लागेर वा दुर्घटना भइ घाइते भएको प्रारम्भिक अवस्थामा बिरामीको हेरचाह हुन सके धेरैजनाको ज्यान बचाउन सकिने र अपांग हुन नदिने लगायत धेरै समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।

    तालिममा सहभागीहरुले तालिमबाट हामी लक्षित समुहले धेरै ज्ञान पाएकोले यस क्षेत्रको अपांगता कम गराउनु कासाथै दुर्घटना पछि हुन स्वास्थ्य जोखिम र मृत्युदरलाई कम गर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij