२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सय दिनमा बने २६ वटा प्रशासकीय भवन र ४० वटा झोलुङ्गे पुल

सय दिनमा बने २६ वटा प्रशासकीय भवन र ४० वटा झोलुङ्गे पुल

सय दिनमा बने २६ वटा प्रशासकीय भवन र ४० वटा झोलुङ्गे पुल

सय दिनमा बने २६ वटा प्रशासकीय भवन र ४० वटा झोलुङ्गे पुल

सय दिनमा बने २६ वटा प्रशासकीय भवन र  ४० वटा झोलुङ्गे पुल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाण्डौ । शहरी विकास मन्त्रालयले सय दिनमा २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र पालिकामा २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।

    आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव गेलालले सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताउनुभयो । मनसुनजन्य विपदका कारण बाँकी १० वटा थप्नलाई केही कठिनाइ भएको उनको भनाइ छ ।

    विपदको समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको छ । जसमा कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना अट्ने तथा महोत्तरीको जलेश्वर नगरपालिका र सप्तरीको तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार दुई वटा बनिसकेका र दुई वटाको केही काम मात्रै बाँकी रहेको सचिव गेलाले जानकारी दिए । 

    सय दिनको बीचमा सोलुखुम्बु, पाँचथर, डँडेलधुरा, तेह्रथुम, धनकुटामा गरी सात वटा स्वास्थ्यका भवन पनि सम्पन्न भएका मन्त्रालयले जनाएको छ । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय पनि अब छिट्टै हुने सचिव गेलालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij