२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ओके बाजेलाई रामपुरमा नागरिक अभिनन्दन

ओके बाजेलाई रामपुरमा नागरिक अभिनन्दन

ओके बाजेलाई रामपुरमा नागरिक अभिनन्दन

ओके बाजेलाई रामपुरमा नागरिक अभिनन्दन

ओके बाजेलाई रामपुरमा नागरिक अभिनन्दन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  •  रामपुर पाल्पा  । विगत तीन दशक देखि पाल्पा जिल्लामा सामाजिक सेवामा सक्रिय ओके बाजेलाई पाल्पाको रामपुरमा नागरिक स्तरबाट अभिनन्दन गरिएकोछ ।पूर्वि पाल्पालाइ कार्यक्षेत्र वनाएर समाज सेवाको माध्यम बाट ओके बाजेको नामले परिचित जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा शनिवार नागरिक अभिनन्दन सहित सम्मान गरिएको हो । 

    पाल्पाको ६ स्थानीय तह नवपुर जिल्लाका २ गरी आठ स्थानीय तह संगै दुई सय बढी संघ संस्थाले रामपुर नगरपालिका–७ किसानबारीमा कार्यक्रम गरी संयुक्त रुपमा नागरिकस्तर बाट अभिनन्दन गरेका हुन । अभिनन्दनको अवसरमा २०६१ सालमा ओके बाजेको सम्मानमा याहाँका संघ संस्थाले  किसानबारीमा निर्माण गरेको ओके बाजे मिटेरी पार्कको जिर्णउद्धार गरी ओके बाजे र उनले गाउँगाउँमा पुग्ने क्रममा भेटिएका तीन बालक सहितको पूर्णकदको प्रतिमा निर्माण गरि अभिनन्दन गरिएको हो ।  लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उनको शालिक अनावरण गर्नुका साथै दोसला ओढाई अभिनन्दनपत्र प्रदान गरेका हुन।
    462555058_1735775920531121_2779033958276152229_n.jpg 


    मन्त्री सारुले ओके बाजेले निरन्तर निःस्वार्थ भावका साथ जिल्लाको ग्रामीण क्षेत्रका बस्तीको उत्थानको लागि महत्वपूर्ण योगदान दिएको बताए । उनले दिएको योगदानको शब्द मार्फत वर्णन गर्न नसकिने पनि बताए । सारुले सामाजिक संघ संस्थाहरु संग सहकार्य गरेर अघि बढ्ने बताए ।

    सम्मान ग्रहण गर्दै ओके बाजेले ३० वर्ष अघि केही दिनको लागि नेपाल आएर घुम्ने क्रममा एउटा गाउँ पुग्दा धेरै समस्या देखिए पछि केही गर्न सकिन्छ भनेर आफु लागेको अनुभव पोखे । पाल्पाली जनताको मायाँ र साथले सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको बताए । ८६ वर्षीय ओके बाजेले पाल्पालीको साथ र सम्मानले अझ १० वर्ष सम्म समाजसेवा गर्न सक्छु कि भन्ने आत्मविश्वास जगाएको बताए ।

    विगतको दिन सम्झदै उनले भने, ‘म सुरुमा आउँदा  गाउँमा ट्वाईलेट सम्म पनि थिएन ।  बाटो पनि थिएन । विजुली पनि थिएन । पानी पनि थिए । एउटा मात्र चिज थियो, मायाँ । त्यही गाउँका जनताको मायाँले अघि बढ्ने प्रेरणा दियो ।’ उहाँले शरीरले साथ दिए सम्म जापान फर्किने इच्छा नभएको बताए । ‘गाउँकै जनताको सेवा गर्ने मन छ । किन की मेरो मन पनि खुशी हुन्छ । गाउँका जनताको पनि ।’उनले भनेँ । अहिले गाउँपालिका, नगरपालिका बने संगै ग्रामीण बस्तीहरुले निकै फड्को मारेको अनुभव गरेको बताए ।


    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा संगै पाल्पा र नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरु सहित जापान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । साथै आठ वटै पालिका प्रमुख सहित विभिन्न संघ संस्थाहरुले सम्मान पत्र सहित फुलमाला र दोसला ओढाएका थिए । 


    कार्यक्रममा ईकीईकी जापानका माहित हुनुले जापान र पाल्पाली बीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग गरेको वताए । ओकेबाजे नागरिक अभिनन्दन एवं सम्मान कार्यक्रम मूल आयोजक समितिका संयोजक भिम विश्व भट्टराईले ओके बाजेले ३० वर्ष अघि देखि अनवरत रुपमा पाल्पाको ग्रामीण बस्तीमा दिनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै नागरिकस्तर बाट अभिनन्दन गरिएको बताए । उनले १५ लाखको लागत अनुमानका पार्कको जिर्णउद्धार तथा बाजेको शालिक(प्रतिमा) निर्माण गरिएको जानकारी गराउँदै उहाँको दिर्घजीवनको कामना गर्दै यस पटक कार्यक्रम गरिएको जानकारी गराए ।


    सदस्य सचिव लेखनाथ शर्मा मरासिनीले नि:स्वार्थ भावका साथ सहयोग गर्दै आउनुभएको र उहाँको सम्मानका लागि पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, नवलपुरको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिका संगै २ सय भन्दा बढी संघसंस्थाले कार्यक्रममा सहभागीता जनाएको जानकारी गराए । 

    ओके बाजेले जापान स्थित आफ्ना शुभेच्छुक, मनकारी व्यक्तित्व, सामाजिक कल्याणकारी संघ संस्था, विभिन्न व्यक्ति बाट सहयोग संकलन गरी पाल्पाका अधिकांश पालिका र नवलपुरका केही पालिकामा अनवरत रुपमा शैक्षिक संस्था, स्वास्थ्य संस्था, सामुदायिक विकास संस्थाको भवन निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सहयोग, उत्पादनमूलक, आयमुलक आयआर्जन समुह तथा सहकारी संस्था, खानेपानी, सिंचाई कुलो, युवा क्लव, महिला विकास, बाटोघाटो, पुलपुलेसा निर्माण, स्वास्थ्य उपचार, विपदमा राहत, जेष्ठ नागरिक सेवा अक्षयकोष स्थापना लगाएतका क्षेत्रमा सेवा गर्दै आएकाछन । ओके बाजेले ७० प्रतिशत  भन्दा बढी सहयोग शिक्षा क्षेत्रमा सहयोग गरेकाछन  ।

    अभिनन्दनको अवसरमा नेपाली लोक संस्कृति झल्कने पञ्चेबाजा, लाखेनाच, कौरा, झ्याउरे लगाएतका र्सास्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । साथै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, मोहन खड्का र जापानी गायिका मारिको सुजुकीको प्रस्तुति समेत रहेको थियो । अभिनन्दन पूर्व झाँकी सहित ओके बाजेलाई रामपुर नगर परिक्रमा गराईएको मुल आयोजक समितिका सदस्य सुन्दर जानकारी गराए।  

    ओकेबाजे नागरिक अभिनन्दन एवं सम्मान कार्यक्रम मूल आयोजक समितिका  संयोजक भिम विश्व भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रम सदस्य सुन्दर प्रसाद श्रेष्ठको स्वागत र सदस्य सचिव लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij