२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

व्यापार संघको २५ औं वर्षगाठमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई निम्तो

व्यापार संघको २५ औं वर्षगाठमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई निम्तो

व्यापार संघको २५ औं वर्षगाठमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई निम्तो

व्यापार संघको २५ औं वर्षगाठमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई निम्तो

व्यापार संघको २५ औं वर्षगाठमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई निम्तो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • बुटवल  । रुपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन । 

    संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए । 


    अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेटगरि कार्यक्रममा प्रमुख आतिथिका रुपमा सहभागि हुन गरेको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गरि कार्यक्रममा उपश्थित हुने जनाए । 

    त्यसैगरि कार्यक्रममा सहभागीताका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि निमन्त्राणा गरिएको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने जनाउनु भएको अध्यक्ष अधिकारीले बताए । 

    जिल्ला भित्र छरिएर रहेका व्यवसायहरुलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरु तथा निरन्तर व्यवसायिक गतिविधिहरु गर्दै आएको बताउदै संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रुपमा रजत महोत्सव मनाउने तयारी गरेको जनाकारी गराए । 

    उक्त अवसरमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र नीजि क्षेत्रले सामना गर्नु परेका असहज अस्वाथका बारेमा जानकारी गराउर्दै यसमा राज्यले सुधारका लागि चाल्नु पर्ने कदमका बारेमा जानकारी गराएका थिए । टोलीमा अध्यक्ष अधिकारीसहित संघका सचिव मनहरी वस्याल, कार्यालय प्रमुख सरोज पोखरेल सहभागी रहेका थिए ।

    संघले साता व्यापी रुपमा आगामी कार्तिक २२ गतेबाट विभिन्न कार्यक्रम गर्ने जनाएको छ । रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रुपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ ।

    त्यस अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नै, स्मारिका विमोचन तथा स्तम्भ अनावरण गर्ने तयारी गरिएको छ ।
    संघले साताव्यापी कार्यक्रम अन्तरगत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूणर् फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा विरामीलाई निशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय गरेको छ । 

    अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रुपमा साता व्यापी कार्यक्रमसहित भव्य रुपमा मनाउने निणर्य गरेको बताउदै संघले मनाउन गैरहेको रजत महोत्सव कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गरे  । रुपन्देही व्यापार संघ २०५७ साल कार्तिक २८ गते “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ स्थापना भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij