२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सशस्त्रको सक्रियताः  रुपन्देहीमा नौ महिनामा १० करोडको अवैध सामान नियन्त्रणमा

सशस्त्रको सक्रियताः  रुपन्देहीमा नौ महिनामा १० करोडको अवैध सामान नियन्त्रणमा

सशस्त्रको सक्रियताः  रुपन्देहीमा नौ महिनामा १० करोडको अवैध सामान नियन्त्रणमा

सशस्त्रको सक्रियताः  रुपन्देहीमा नौ महिनामा १० करोडको अवैध सामान नियन्त्रणमा

सशस्त्रको सक्रियताः  रुपन्देहीमा नौ महिनामा १० करोडको अवैध सामान नियन्त्रणमा
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • भैरहवा ।  सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भित्रिएको ४ सय ७१ बोरा चिनी भैरहवाबाट बरामद गरेको छ । विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रमा संचित गरि राखिरहेको अवस्थामा उक्त चिनी सँगै रहेका २ वटा गोदामबाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डीएसपी चन्द्रकुमार थापाको नेतृत्वमा गएको टोलीले अवैध चिनी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार बुझाएको छ । 
    यस्तै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश अमुवा रुपन्देहीबाट खटिएको मोवाईल गस्ती टोलिले चेकजाँच गर्ने क्रममा असोज १३ गते शुद्धोधन गाउँपालिका वडा नं. ३ बेतहानी क्षेत्रबाट लु १ च ६३२४ न फोर्स पिकअप सहित ३२ लाख ३३ हजार मुल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । कपडा, जुत्ता, मोबाइलका पार्टस लगायतका अवैध बस्तुहरु भित्रिएको भनि विशेष सूचनाकै आधारमा सो सामान बरामद भएको हो । 

    यस्तै असोज १ गते सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट र स.प्र.बल, नेपाल सुरक्षा बेश अमुवाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सियारी छपियाबाट सिमेन्ट बोकेको ट्रकमा भारतबाट भन्सार छली अवैध रुपमा भित्रिएका ५३ लाख बराबरको कपडा बरामद गरेको छ । ना ६ ७६०५ नं. को ट्रकमा सिमेन्ट सहित लेडिज कुर्ता सलवार, कुर्ती, जुत्ता चप्पल रहेको थियो । 
    यि त केही उदाहरण मात्रै हुन सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीले पछिल्लो समय सक्रियता बढाएको छ ।

    सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले कमाण्ड सम्हाले यताको अवधिमा ९ करोड ७० लाख बढिको अवैध सामान नियन्त्रणमा लिई भन्सार तथा सम्बन्धित निकायमा पठाइएको छ । रुपन्देही जिल्ला अन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षा लगायतको कामसँगै खुला सिमाका कारण हुन सक्ने चोरी तस्करीलाई न्यूनिकरण गर्नमा प्रयासरत रहेको छ ।

    सिमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै गणले ९ महिनाको अवधिमा ३ करोड ७४ लाख ५२ हजार मुल्य बराबरको कपडा, जुत्ता र खाद्यन्न लगायतको बस्तु नियन्त्रणमा लिएको छ । यस्तै ३ करोड ७७ लाख बराबरको अवैध मालवस्तु ढुवानीमा प्रयोग भएका सवारीसाधन, ५३ लाख ८५ हजार मुल्य बराबरको प्याज, ७० लाख बढिको चिनी, ६ लाख बराबरको चिनी र ४८ लाख बराबरको ब्रोइलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा थापाले बताए । 

    यस्तै तस्करी तथा अवैध ओसापसारमा संलग्न चालक तथा व्यक्तिहरुलाई सम्झाई बुझाई गर्ने र संलग्न रहेको पाइएमा भन्सार कार्यालय र राजश्व कार्यालयमा बुझाउने गरेको छ । ९ महिनाको अवधिमा गणले २ जनालाई नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय र १ जनालाई जिल्ला प्रहरी कार्यालय कारवाहीका लागि पठाएको छ । अवैध कुखुरा तथा माछा बरामद गरी पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरिएको गणले जानकारी दिएको छ ।

    भारतसँग खुला सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अवैध क्रियाकलाप, लागुऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी–तस्करी, मानव बेचबिखन लगायतका घटना हुने गरेका छन । यस्ता घटना नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ भने आपत विपदमा पनि सशस्त्र प्रहरीको भुमिका उत्कृष्ट छ, विपदमा खोज तथा उद्धार र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ । सशस्त्रको निगरानीका कारण सीमा क्षेत्रका नागरिकले शान्ति सुरक्षाको दरिलो अनुभूति गर्ने गरेका छन ।

    गणको नेतृत्व सम्हालेदेखि नै एसपी थापाले तस्करी नियन्त्रणमा कठोर छन । फागुनमा कमाण्ड सम्हालेको एसपी थापाले पहिलो महिनामै झण्डै एक करोड मुल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएका थिए । त्यसपछि पनि निरन्तर रुपमा हरेक महिना एक करोडकै हाराहारी अवैध सामानहरु नियन्त्रणमा लिएका छन । भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, प्याज, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन समेत नियन्त्रणमा आउने गरेको तथ्याङक छ । उनले सिमामा निगरानी बढाउदै सिमाबाट हुने अवैध कारोबारको सम्भावित क्षेत्रको पहीचान गरी योजनाबद्ध रुपले प्रस्तुत हुदा अवैध बस्तुको नियन्त्रणको बढ्नुका साथै तस्कर तथा भरियाहरु पनि पछि हटेका छन । खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाई गर्न कुनै कसर बाँकी नराखेको उनको भनाई छ । 

    सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटर अन्तर्गत बोर्डर आउट पोष्ट (विओपि) सहित १७ वटा शसस्त्र प्रहरीकै युनिटहरु रहेको छ । 

    सिमामा सशस्त्रको ‘स्क्वायड डग’ बाट निगरानी

    पर्वलाई लक्षित गर्दै रुपन्देहीमा ‘स्क्वायड डग’ बाट सिमा तथा शंकास्पद क्षेत्रमा निगरानी गरिदै छ ।  खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुन सक्ने सीमा अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीमा ५ जना को टोली सहित २ वटा कुकुर परिचालन गरेको छ । 

    सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौंबाट आएका स्क्वायड डग टिमले लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियारको निगारनी गर्ने छ । सीमा क्षेत्रमा ती कुकुरहरुलाई परिचालन गर्नका लागि सशस्त्र प्रहरी वरिष्ठ हवलदार नविन श्रेष्ठको नेतृत्वको (के–नाइन) टोली रुपन्देही छन । सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ओसार पसार नियन्त्रण गर्नका लागि उनीसहित ५ जना तालिम प्राप्त टीम रुपन्देहीमा खटिएका छन ।

    डेजी र साया नाम गरेका कुकुरले विष्फोटक पदार्थ, लागूऔषध तथा हातहतियार भएको थाहा पाएपछि जानकारी दिने गर्छ । साया ल्याब्रोडर प्रजातिको कुकुर हो यो लागुऔषधको पहिचान गर्छ भने डेजी जर्मन सेफर्ड प्रजातिको हो यसले हातहतियार र विष्फोटक पदार्थको पहिचान गर्ने सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण, हेडक्वाटर भैरहवाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापाले भने 

    थापाले अहिलेको लागि अनियमित रुपमा सिमा क्षेत्र र भिआइपी मुभमेन्ट यसलाई प्रयोग गरेका छौ । कुकुरले यहाँको वातावरणलाई सहज रुपमा लिए जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो यसलाई निरन्तरता दिई सीमा अपराध नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्ने बताए ।  अहिलेको लागि विशेष आर्थिक क्षेत्रमा रहेको बेसमा यसलाई राखिने र आवश्यकता अनुसार बेलहिया नाका, ककरहवा नाका, भगवानपुर नाका लागयतका क्षेत्रमा चेकजाँचमा प्रयोग गरिने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij