२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

छविलाल जोशीको साढे ७ घण्टाको वयान, ५७ वटा सवाल जवाफ

छविलाल जोशीको साढे ७ घण्टाको वयान, ५७ वटा सवाल जवाफ

छविलाल जोशीको साढे ७ घण्टाको वयान, ५७ वटा सवाल जवाफ

छविलाल जोशीको साढे ७ घण्टाको वयान, ५७ वटा सवाल जवाफ

छविलाल जोशीको साढे ७ घण्टाको वयान, ५७ वटा सवाल जवाफ
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • भैरहवा । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ। रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्व प्रहरी नायब महानिरीक्षक जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो । 

    सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार विहान ११ बजे देखि साढे ६ बजे सम्म बयान लिएको हो । सहकारी ठगी मुदामा ५७ वटा सवाल जवाफ गरि सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

    'मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर हामीले अवस्था हेरेर वयान लिन पनि सकिने उनले भने ।

    सोमबार नै बयान नसकिएकोले उनलाइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो, आज पनि रूपन्देही नै राखिने छ बुधबार विमान मार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ । 

    ‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको वयान सकिएको छ । थुनुवा फिर्ता भयो । प्रहरीले कहाँ कहा अनुसन्धान गरिरहेको छ त्यही पठाउछ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने । 
    ‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो । को को लाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने । 

    सामान्य अवस्थामा सहज रुपमा सवाल जवाफ भएको छ । हामीले वयान भन्दा अगावै सवाल जवाफ गर्न सक्ने अवस्थामा छन कि छैनन भनेर सोधेपछि मात्रै दिन सक्ने भने पछि वयान लिइएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइएको हो । अनुसन्धान र गोपनियताको विषय भएकोले जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन । 

    सहकारी पिडितले गरे प्रदर्शन

    सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाइ बयानको लागि रूपन्देही ल्याउदा सहकारी पिडितहरुले केही बेर प्रदर्शन गरे । जोशीलाई  सरकारी वकिल कार्यालय, रुपन्देहीमा ल्याएको थाहा पाएपछि पिडितहरुले शिघ्र कार्यवाहीको माग राख्दै रुपन्देही जिल्ला अदालत अगाडी प्रदर्शन गरेका हुन । अनुसन्धान प्रकृया चलेको २ वर्ष बढी समय भए पनि अहिले सम्म आफुहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पिडितहरु आक्रोशित भएका थिए । मुख्य अभियुक्त भनिएका जीबी राइ, सुप्रीम सहकारीका तत्कालिन ब्यवस्थापक लगायतलाइ पक्राउ गर्न नसेकोकोले उनिहरुलाइ पनि पक्राउ गरि कार्यवाहीको माग गरेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij