२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१६ वर्षदेखि मौरीपालन गरिरहेका घर्ती, कमाउँछन् वार्षिक १६ लाख रुपैयाँ

१६ वर्षदेखि मौरीपालन गरिरहेका घर्ती, कमाउँछन् वार्षिक १६ लाख रुपैयाँ

१६ वर्षदेखि मौरीपालन गरिरहेका घर्ती, कमाउँछन् वार्षिक १६ लाख रुपैयाँ

१६ वर्षदेखि मौरीपालन गरिरहेका घर्ती, कमाउँछन् वार्षिक १६ लाख रुपैयाँ

१६ वर्षदेखि मौरीपालन गरिरहेका घर्ती, कमाउँछन् वार्षिक १६ लाख रुपैयाँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बुटवल । दाङको घोराही उपमहानगरपालिका–१८, सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो । 

    हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् ।

    मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ । वार्षिक १६ लाख रुपैयाँको कारोबार गरिरहेका पौरखी घर्तीले ७ लाख रुपैयाँ बचत हुने बताए । एक किलो मह पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए ।

    वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए ।

    गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन् । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ ।

    बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउँछन् । चरनका लागि घोराही उपमहानगरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij