२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पोलियो बिरुद्ध रोटरीको रुपन्देहीमा वृहत कार रयाली हुदै

पोलियो बिरुद्ध रोटरीको रुपन्देहीमा वृहत कार रयाली हुदै

पोलियो बिरुद्ध रोटरीको रुपन्देहीमा वृहत कार रयाली हुदै

पोलियो बिरुद्ध रोटरीको रुपन्देहीमा वृहत कार रयाली हुदै

पोलियो बिरुद्ध रोटरीको रुपन्देहीमा वृहत कार रयाली हुदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बुटवल ।अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा बिहिबार रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुको आयोजनामा रुपन्देहीमा वृहत सचेतनामुलक ‘पोलियो अब अन्त्य गर’ ब्यानर, डिजिटल डिस्प्ले तथा कार रयाली गरिने भएको छ ।

    रोटरी क्लब अफ बुटवलको सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरि डिष्ट्रिक पोलियो प्लस कमिटि चेयर ध्रुव धितालले पोलियो अभियानमा रोटरीको योगदानबारे प्रकाश पारे ।

    नेपालको रिजन १,२ र ३ मा साईकल रयाली, रिजन ४ मा सडक नाटक तथा पाचमा कार रयाली, प्लेकार्ड र ब्यानर लगायतका सचेतनामुलक कार्यक्रम गर्न लागेको उनले बताए । रुपन्देहीका हाईवेमा रहेका फ्लाईओभरसहित विभिन्न स्थानमा ‘पोलियो अब अन्त्य गर’ को ब्यानर, प्लेकार्ड लगाउने कार्यक्रम रहेको उनले बताए ।

    यसैगरि विभिन्न स्थानका डिजिटल बोर्डहरुमा साझ ६ बजे १८ र १४ सेकेण्डका सचेतनामुलक भिडियो प्रदर्शन गर्ने उनले बताए । विशेष गरि बुटवल, भैरहवा, सैनामैना लगायतका क्लबहरुको बुटवल गोलपार्क हुदै भैरहवासम्म कार रयालीमा सहभागीता रहने उनले बतए । पाल्पामा ३ वटा क्लबहरु र दाङमा समेत क्लबहरुबाट कार्यक्रम हुने उनले बताए । 


    कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले पोलियो सचेतना र उन्मुलनमा रोटरी ईन्टरनेश्नलको योगदानबाट सफलता मिलेको दाबी गर्दै केही देशहरुमा अझै पनि यसको समस्या रहेको हुदा पनि विश्वबाट नै उन्मुलनको अभियान अझै चलाउन जरुरी रहेको बताए । यस क्षेत्रमा जनस्वस्थ्यसंग समन्वय गरि भ्याक्सिनेसनको अभियान समेत चलाउने तयारी रहेको उनले बताए ।


    कार्यक्रममा रिजन पाचका पोलियो प्लस कमिटि चेयर जितेन्द्र शर्मा, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पंन्थी, रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष डा.विक्रम काफ्लेले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा समुदायस्तरमा रोटरी क्लबबाट निरन्तर कार्यक्रमहरु हुने गरेको बताए । रोटरी हाल २०८ देशमा १२ लाख सदस्यहरु आवद्ध रहेको सामाजिक संस्था समेत रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij