२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा अभिमुखिकरण

मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा अभिमुखिकरण

मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा अभिमुखिकरण

मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा अभिमुखिकरण

मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा अभिमुखिकरण
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • परासी  । पश्चिम नवलपरासीमा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

    दुई दिनसम्म संचालीत समीक्षा तथा अभिमुखिकरण कार्यक्रममा आमा सुरक्षा सम्बन्धी र जिल्लामा एनटी सर्क गार्मेन्ट सम्बन्धी बार्थिङ्ग दक्ष प्रसुतिकर्मी र सात वटा स्थानिय तहका नार्सिङ्ग फोर्कल पर्सन तालिम दिईएको स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिए ।

    उनको अनुसार आमाको मृत्युदर घटाउने र शिशुको मृत्युदर घटाउने तथा जटिलता व्यवस्थापन गर्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको बताए । तालिममा सिकेका कुरा व्यवहार उर्तना र बिरामीहरुलाई सेवा गुणस्तरीय सेवा दिन सबै सहभागिहरुलाई अग्रह ढकालले गरेका थिए ।

    जिल्लामा आर्थिक बर्ष २०८०।०८१मा कम्तीमा एक पटक सुत्केरी जाँच गराउने संख्या १०८ प्रतिशत रहेको छन भने प्रोटेकल अर्थात गर्भवती भएपछि ८ पटक जाँच गराउने सख्या ५३ प्रतिशत रहेको स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नार्सिङ्ग अधिकृत कल्पना पौडेलले जानकारी दिईन । गतबर्ष संस्थागत सुत्केरी गराउने सख्या ३८.८ प्रतिशत रहेको र संस्थगत सुत्केरी गराउने सबै भन्दा रामग्राम नगरपालिका रहेको पौडेलले बताईन ।

    आमा सुरक्षा सम्बन्धी तालिम  र जिल्लामा एनटी सर्क गार्मेन्ट सम्बन्धी स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नार्सिङ्ग अधिकृत कल्पना पौडेलले प्रशिक्षण दिईएकी थिईन भने जिल्लामा पहिलो पटक एनटिसर्क गार्मेन्ट र जटिलता सम्बन्धी सिअनमी गंगा भट्टराईले दिएका थिईन ।

    बार्थिङ्ग दक्ष प्रसुतिकर्मी र सात वटा स्थानिय तहका नार्सिङ्ग फोर्कल पर्सन गरी करिब ३५ जना सहभागिता रहेको थियो । जिल्लामा १९ वटा वार्थिङ्ग सेन्टर रहेको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij