२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय पुग्यो मन्त्रिमण्डल

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय पुग्यो मन्त्रिमण्डल

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय पुग्यो मन्त्रिमण्डल

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय पुग्यो मन्त्रिमण्डल

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय पुग्यो मन्त्रिमण्डल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  •  बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नु भएको हो । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिनु भएको छ । शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । याे मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री स्वयंमले समहाल्नु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको थियो । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रतिपक्ष दलका नेकपा माअाेवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री जाेखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

    8809129f-ff78-4397-b118-fdcae1f1d355.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij