बुटवल । नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ ले शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि नौलो सहकारीले साधारणसभाको पूर्वसन्ध्यामा रक्तदान गरेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रमा रगतको अभावले कसैको पनि ज्यान जाने अवस्था आउन नदिन रक्तदान गरिएको कार्यक्रम संयोजक विकासजंग बस्नेतले बताए । सहकारीका शिक्षा उपसमिति संयोजक समेत रहेका बस्नेतले कार्यक्रममा ४० युनिट रगत संकलन भएको जानकारी दिए ।
सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठले सहकारीले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको बताए । सहकारी अब्बल र दरिलो रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
रक्तदान कार्यक्रममा सहकारीका उपाध्यक्ष ललिता ठकुरी, कोषाध्यक्ष हिरा केसी, ऋण उपसमिति संयोजक दिपक बस्याल, लेखा समितिका गणेश बोहरा शिवनगर सामुदायिक वन उपभोक्त समूह अध्यक्ष मनोज गौचन, दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष दीपक खड्गी लगायतको सहभागिता रहेको थियो ।




