परासी । पश्चिम नवलपरासीको सुनवलमा चौथो सुनवल महोत्सव संचालन हुने भएको छ । कृषि उद्योग व्यापार,कला र सँस्कृति समृद्ध सुनवलको उन्नति मुल नाराका साथ चौथो सुनवल महोत्सव संचालन हुने भएको हो ।
आगामी मङ्सिर १२ देखि २४ गतेसम्म चौथो सुनवल महोत्सव २०८१ संचालन ,गर्न लागिएको उद्योग बाणिज्य संघका सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिए ।
उद्योग वाणिज्य सङ्घ सुनवल नवलपरासीको आयोजनामा सुनवलको सोमनाथ हाट बजारमा संचालन हुने व्यापार मेलामा उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग आतिरिक्त बिदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरु समेत गरी २०० व्यावसायिक स्टलहरू रहने सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।
मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कार्मचार्यले बताए । उनले भने यसपालीमेलाको ठेक्का नदिने उद्योग बाणिज्य संघले आफै संचालन गर्ने बताए । मेलाको मुख्य बिशेषता स्थानिय राष्ट्रिय र अन्तराष्ट्रिय लागानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सरसमाग्रीहरु अवलोकान गराउने तथा जानकारी दिने बताए ।
अन्तराष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तु हस्तकाला तयारी पोशाक प्रर्दशन गरिने र सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका अध्यक्ष कर्माचार्यले बताए । मेलाको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रममा बिज्ञान प्रर्दशनी र खाना महोत्सव संचालन हुने जसमा खाना महोत्सवमा बिभिन्न जात जातिका खाना परिकार हुने सुनवल उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिए । उनको अनुसार राष्ट्रिय र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती तथा सेल्फि जोन मेला अवाधिभर हुने बताए । उनको अनुसार मेलामा बिभिन्न समुदायको घर निमार्ण गर्ने जिल्लामा घरेलु उत्पादन गरेको समाग्रीहरुलाई मेला निशुल्क स्टल उपलब्ध गराउने बताए ।
मेलामा हेन र अवलोकनका गर्न आउने दर्शका लागि टिकट शुल्क एक सय निधारण गरिएको छन भने बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट गरिएको र ६८ बर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता प्रप्त गर्ने जेष्ठ नागरिक शतप्रतिशत छुट व्यवस्था गरिएको सुनवल उद्योग वाणिज्य सङ्घका सदस्य जिवन पौडेलले जानकारी दिए ।




