२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वैदेशिक रोजगार व्यावसायका चुनौती तथा अवसरका विषयमा बुटवलमा अन्तरक्रिया

वैदेशिक रोजगार व्यावसायका चुनौती तथा अवसरका विषयमा बुटवलमा अन्तरक्रिया

श्रम तथा मेडिकल बुटवलबाट नै हुनुपर्ने माग

वैदेशिक रोजगार व्यावसायका चुनौती तथा अवसरका विषयमा बुटवलमा अन्तरक्रिया

वैदेशिक रोजगार व्यावसायका चुनौती तथा अवसरका विषयमा बुटवलमा अन्तरक्रिया

श्रम तथा मेडिकल बुटवलबाट नै हुनुपर्ने माग

वैदेशिक रोजगार व्यावसायका चुनौती तथा अवसरका विषयमा बुटवलमा अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बुटवल । वैदेशिक रोजगारमा जादा सीप सिकेर जानू अपरिहार्य रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन। सीप सिकेर वैदेशिक रोजगारीमा जादा राम्रो र सहज काम पाउनुक साथै पारिश्रमिक समेत राम्रो पाईने भएकोले सीप सिक्नु जरुरी रहेको उल्लेख गरे। 


    बुटवल ११ योगिकुटिमा रहेको उद्यमशील ट्रेनिङ सेन्टरको आयोजनामा आयोजित वैदेशिक रोजगार व्यावसायका चुनौती तथा अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन।


    कार्यक्रममा श्रम रोजगार विभाग प्रमुख केशवराज भट्टराईले  वैदेशिक रोजगारीमा जाने कामदारहरु दक्ष, सीपयुक्त भए राम्रो कामको अवसर पाउनुको साथसाथै उच्च तलब तथा अन्य सुविधा समेत पाउने सम्भावना रहेकाले सिप सिकेर जान आग्रह गरे ।

    वैदेशिक रोजगारीमा भएका कतिपय ठगि लगायतअनियमिततालाई स्वयम व्यवसायीहरुले पनि व्यवस्थित गर्नुपर्ने  धारणा राखे ।


    पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बाध्यताले मात्रै नभएर अहिलेको सामाजिक संजाल,सोच,संस्कार हामीमा पलाएको मनोवृत्ति पनि प्रमुख कारण भएको बताए ।


    कार्यक्रममा प्रमुख प्रशिक्षक कुमार रानाले आन्तरिक रोजगारीका प्रयाप्त अवसर सृजना हुन नसकेकाले श्रम बजारमा प्रवेश गर्ने व्यक्तिको संख्या भन्दा रोजगारीका अवसर कम रहेकाले रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा जान बाध्य भएको बताए।

    वैदेशिक रोजगारीमा जान छोडनु सक्ने स्थिति अहिलेको अवस्थामा नरहेको भन्दै यसलाई ब्यबस्थित गर्न जरुरी रहेको वैदेशिक रोजगारीले ल्याउन सक्ने सामाजिक, आर्थिक र मानवीय जोखिमको विश्लेषण गरि आन्तरिक रोजगारीका प्रयाप्त अवसरहरु सृजना गरि वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै जानु पर्ने बताए ।


    मेनपावर ब्यवसायी विश्वास गैह्रे, दिपेन्द्र पौडेल,मेडिकल व्यवसायी सागर पाठक लगायतले बोल्दै  बुटवल क्षेत्रका ब्यवसायीलाई मेडिकल श्रमको  समस्या  रहेको बताउदै जे को लागि पनि काठमाडौ धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने उल्लेख गरे। 


    सिटिईभिटीबाट सम्बन्धन प्राप्त सेन्टरले फोटोग्राफी, भिडियोग्राफी, ब्युटिसियन, सिलाई कटाइ, मन्टेश्वरी, कृषि बिबिध, बिद्धुतीय समाग्रीको , पलम्बर लगायतका तालिम दिदै आएको छ। 

     सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता, उपाध्यक्ष पुश्करनाथ पन्थको स्वागत तथा सचिव माधव गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij