२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

२५ सय बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा

२५ सय बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा

२५ सय बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा

२५ सय बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा

२५ सय बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • परासी।  पश्चिम नवलपरासीमा सञ्चालन गरिएको सामी कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारी जाने व्यक्तिहरुलाई विभिन्न सेवाहरु दिएको छ ।

    सामी कार्यक्रमले मानोसमाजिक परामर्श ,बित्तिय साक्षरता निशुल्क कानूनी सहायत न्यायमा पहुच परामर्श ,न्याय तथा उद्धार सहजिकारण ,सुचना तथा परामर्श सेवा बैदेशिक रोजगारी जाने व्यक्तिहरुलाई दिएको हो ।


     सामी कार्यक्रमा चालु आर्थिक बर्षमा सुरक्षित आप्रवासन सामी कार्यक्रम बैदेशिक रोजगारमा जानु भन्दा पहिला   जिल्लामा तीन महिनाको अवधिमा परामर्श सेवा २ हजार ५ सय २३ लिएका छन ।परामर्श लिनेमा पुरुष दुई हजार २६ जना र महिला चार सय ६१ जनाले सेवा लिएका हुन ।


     आप्रवासी स्रोत केन्द्रमा दर्ताका भएका नयाँ केशहरु पुरुष २९ र महिला १ जना गरी ३० जना आएको छ जस मध्ये सामाधान २ वटा गरिएको मनोसामाजि परामर्शदाता सुमित्रा चौधरीले जानकारी दिईन । 


    उनको अनुसार रामग्राम नगरपालिकाद्धरा संचालित सामी परियोजनाले गर्तबर्षको एक सय ४९ जना जसमा पुरुष १ सय ३१ जना र महिला १८ जनाको केश समाधाान गरिएको बताए । नवलपरासी जिल्लमा  चार वटा स्थानिय तहरुमा सामी कार्यक्रम संचालनमा रहेको छ । जिल्लाको रामग्राम नगरपालिका ,बर्दघाट नगरपालिका,सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा संचालनमा रहेको छ । 


     सामीले बैदेशिक रोजगारमा जाने सम्भावीत कामदार ,बैदेशिक  रोजगारबाट फर्केका कामदार ,बैदेशीक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरुलाई परामर्श दिदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij