२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवामा एकल लगानीमा ९ औँ पटक दिपावली उत्सव

भैरहवामा एकल लगानीमा ९ औँ पटक दिपावली उत्सव

भैरहवामा एकल लगानीमा ९ औँ पटक दिपावली उत्सव

भैरहवामा एकल लगानीमा ९ औँ पटक दिपावली उत्सव

भैरहवामा एकल लगानीमा ९ औँ पटक दिपावली उत्सव
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • भैरहवा । साउण्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिश खानले भैरहवा दिपावलीको अवसरमा सास्कृतिक कार्यक्रम आयोजना गर्दै छन । 

    विगत १७ वर्ष देखि व्यवसाय गर्दै आएको युनिक साउण्डकै आयोजनामा ९ औँ पटक भैरहवामा सास्कृतिक उत्सव गर्न लागेका हुन । लक्ष्मी पुजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गर्न लागेको हो । स्थानीय सिद्धार्थनगर ३ निवासी खान व्यवसायिक प्रतिष्ठान मार्फत विगतका वर्षहरु जस्तै यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

    कार्तिक १५ गते मिलनचोकमा साझ ६ बजे देखि कार्यक्रम गर्ने गरी सम्पूर्ण तयारीहरु गरिएको छ । ‘मिलनचोक देखि विद्रोही चोक सम्म सडक नै झिलिमीली गरिसकेका छौ । कार्यक्रममा नृत्य, गायन लगायतका सास्कृतिक कार्यक्रमहरु गरिने छ । यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सदभावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसर पनि रहेको’ खाँनले भने  ।

    प्राय तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि यस वर्ष पनि निरन्तरता दिएको हो । करिब ९ लाखको लगानीमा आफै सास्कृतिक कार्यक्रम र सडकमा झिलिमिली गरेको छु । साउण्डको माध्यमबाट सबै अधिराज्य भर जानेगरेपनि भैैरहवामा केही गरौँ भन्ने लागेर तिहारमा मात्रै होइन यस अघि नयाँ वर्ष र तीजमा समेत सास्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको संचालक खाँनले भने ।

    collage (65).jpg

    म मुस्लिम भए पनि सबैको धर्म र संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने भावनाका साथ विभिन्न उत्सवलाई गर्ने गर्छु । म अरूकाे पर्वमा रमाए भने मेराे इदमा सबै मसँग रमाउछन यही विश्वासका साथ एक आपसमा खुसी साट्नका लागि  कार्यक्रम गर्दै आएको छु ।,उनले भने, 

    हामीले स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरुको र सम्पूर्ण भैरहवाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरेको हो । हामीले यस अघि तीज, नयाँ वर्षमा पनि सास्कृतिक कार्यक्रम गरेका छौ । यो महोत्सवले स्थानीयले मनोरञ्जन पाउनुका साथै र केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने अपेक्षा छ । 

    ५० हजार दर्शक आउने अपेक्षाका साथ साझ ६ बजेबाट राती ११ बजे सम्म कार्यक्रम गरिने गरि तयारी गरिएको छ । कार्यक्रम अवलोकनका लागि भैरहवा मात्र नभई छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने गर्छन । 

    स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा विना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझै भव्यताका साथ गर्नु पर्ने हुन्छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij