पाल्पा । पाल्पाकाे तानसेन नगरपालिका ११ नं. वडा कार्यालय बन्दिपोखराले कृषकहरूलाई भैंसीमा अनुदान रकम वितरण गरेको छ ।
वडाले "भैंसी पालाै दुग्ध विक्री गरौं ! कृषिमा लागौं आत्मनिर्भर बनौं !!"भन्ने नाराका साथ भैसी पालक कृषकहरूलाई अनुदान रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हाे ।
वडाले तिलाहार गाई भैसी पालन दुग्ध उत्पादक समुहका २५ जना सदस्यहरूलाई जनही ४० हजारका दरले रूपैयाँ १० लाख रकम हस्तान्तरण गरेको हाे ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठले तानसेनकाे विकास कृषि र पर्यटनबाट नै सम्भव रहेको बताए । तानसेन नगरपालिकाकाे अधिकाश भुभाग ग्रामीण परिवेशमा आधारित रहेकाे बताउदै वडा कार्यालयले कृषि र कृषकमुखी कार्यक्रम ल्याइ कृषकहरूलाई प्राेत्साहित गरेकोमा प्रशंसा गरे ।
यस कार्यक्रम नगरपालिकाका अन्य वडाहरूले पनि अनुसरण गर्न आवश्यक रहेको नगर प्रमुख श्रेष्ठले बताए । भैंसी पालनबाट दूध र दुग्धजन्य परिकारहरू उत्पादन,विक्री वितरण गरि आम्दानीकाे स्त्राेतमा समेत वृद्धि गर्न सकिने बताए ।
गाइभैसीबाट उत्पादित अर्गानिक प्राङ्गारिक मलकाे प्रयाेग गरि तरकारी खेती गरि मनग्गे आम्दानी गर्न सकिने सम्भावना रहेको उनकाे भनाइ छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा बजेट बिनियाेजन गरि हाते ट्याक्टर वितरण,माैरी घार वितरण,नापतौल मेसिन हस्तान्तरण,घासका बिरुवा वितरण जस्ता कार्यक्रम सञ्चालन गरेको बताउदै चालू आर्थिक बर्षमा पनि कृषकहरूकाे माघका आधारमा कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख श्रेष्ठकाे भनाइ छ ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले वडास्तरीय भैंसी वितरण कार्यक्रमले स्थानीय कृषकहरूलाई दुध तथा दग्धजन्य उत्पादन तर्फ प्रोत्साहित गर्नुका साथै रोजगारी सृजना गर्न सहयोग गर्ने बताइन । वडास्तरबाट वितरित भैंसी अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन आग्रह गरिन ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले यस्ता कार्यक्रमले कृषकहरूलाई राेजगार सिर्जना गरि आर्यआर्जनकाे माध्यमबाट शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रमा सघाउ पुर्याई समृद्धि ल्याउने बताए ।
कार्यक्रममा तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले वडाले न ११ ले नमुना काम गरेकाे बताउदै अन्य वडाहरूले सिकाइलाई अनुसरण गरेरर अगाडि बढ्नुपर्ने बताए ।
तानसेन नगरपालिका वडा न १२ का वडा अध्यक्ष मेजर सिङ केसीले कार्यक्रमले ग्रामीण परिवेशका ११ वटा वडामा सकारात्मक सन्देश दिएकाे बताए ।
कार्यक्रमका अध्यक्ष एवम तानसेन नगरपालिका वडा न ११ का वडा अध्यक्ष यादब सिङ कार्कीले वडाले आर्थिक बर्ष २०८१/८२ काे कुल बजेटकाे २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा बिनियाेजन गरेको बताए ।
उनले वडामा कृषि र पशुपालनकाे सम्भावना रहेकाले याे बर्ष २५ वटा भैंसीका लागि कृषककाे माघका आधारमा रूपैयाँ ४० हजारका दरले अनुदान प्रदान गरिएको बताए ।




