२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ब्यापार संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

ब्यापार संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

ब्यापार संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

ब्यापार संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट

ब्यापार संघका सदस्यलाई लुम्बिनी केबलकारमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१

  • बुटवल । रुपन्देही ब्यापार संघ र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । संघको कार्यालयमा आयोजित एक कार्यक्रमबीच संघका सदस्यहरुलाई केबलकारले टिकट शुल्कमा छुट गरी ५ सय रुपैयां मात्र लिने र दुई संस्थाबीच एक आपसमा व्यवसानय प्रवद्र्धनमा सहकार्य गर्ने सम्झौता भएको हो ।

    उक्त सम्झौतापत्र संघका अध्यक्ष दीपकप्रसाद अधिकारी र केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले आदान प्रदान प्रदान गरेका छन् । छुट पाउन संघका सदस्यहरुले संघको  अद्यावधिक परिचयपत्र टिकट काउन्टरमा देखाउनुपर्ने सम्झौतामा उल्लेख छ । संघमा २ हजार सदस्य रहेका छन् ।


    सो अवसरमा बोल्दै संघका अध्यक्ष दीपक प्रसाद अधिकारी,वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव  फर्सुरांम पन्त,संघका सल्लाहकार समिति संयोजक एवं केबलकारका लगानीकर्ता तेजप्रसाद सुनारले लुम्बिनी केबलकार बुटवलको साझा सम्पति हो भन्दै यसलाई सफल बनाउन सबै प्रकारका सहयोग आदान प्रदान हुने प्रतिवद्धता जनाए । अत्याधुनिक प्रविधिको केबलकारले बुटवलको गरिमा बढाएको र प्रति टिकट २ प्रतिशत बुटवल र तिनाउ गाउपालिकालाई कर तिरेर स्थानीय विकासमा योगदान गरेको उनीहरुले बताए ।


    केवलकारका  अप्रेशन म्यानेजर डीएन कायस्थ सैंजुले हिल स्टेसनहरुमा पर्यटनको राम्रो सम्भावना देखेर ठूलो लगानीमा केबलकार सञ्चालनमा आएको भन्दै यसको दीगो सञ्चालनले यहांका सबैखाले व्यवसायीले लाभ लिन सक्ने बताए । लुम्बिनी केबलकार  विश्व विख्यात अष्ट्रियाको डुपलमायर कम्पनीबाट बनेको र विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको विश्वमै अत्याधुनिक र सुरक्षित रहेको जानकारी गराए । 


    उनले बुटवलका संघसंस्थाका वैठक, साधारणसभा,गोष्ठी,सेमिनारहरु केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजना गरेर सहयोग गर्न आग्रह गरे ।  केबलकारका प्रबन्धक प्रज्वल घिमिरेले रुपन्देहीका अधिकांश प्रमुख व्यवसायिक संघसंस्थासंग केबलकारले व्यवसायिक सहकार्य गरिरहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij