२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवामा थाई एअर एशियाको परिक्षण उडान, शुक्रबारबाट नियमित व्यवसायिक उडान

भैरहवामा थाई एअर एशियाको परिक्षण उडान, शुक्रबारबाट नियमित व्यवसायिक उडान

भैरहवामा थाई एअर एशियाको परिक्षण उडान, शुक्रबारबाट नियमित व्यवसायिक उडान

भैरहवामा थाई एअर एशियाको परिक्षण उडान, शुक्रबारबाट नियमित व्यवसायिक उडान

भैरहवामा थाई एअर एशियाको परिक्षण उडान, शुक्रबारबाट नियमित व्यवसायिक उडान
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • भैरहवा ।  थाईल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परिक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षमा रहेको भैरहवा स्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि उत्साह जागेको छ । कार्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनिले आज आइतबार विहान ७ बजे चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

    हप्तामा २ वटा उडान गर्ने तालिका तय भएपछि परिक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा पानीको फोहोरले स्वागत गरिएको थियो । केही बेरको बसाईपछि विमान बिहान ७ः४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए । 

    ‘यो तालिका अनुसारकै फ्लाईट हो । अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबारदेखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो १२ः१५ यहाँ अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’ राउतले भने 

    थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।  भैरहवा विमानस्थलबाट उडान गर्नका लागि केही दिन अघि मात्रै अनुमति पाएको थियो । थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडाँैमा पुनःउडान सुरु गर्न अनुमति पाएको छ । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको छ ।

    यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् । फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ ।

    सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ । त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij