२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् ।

    यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको प्रवृत्तिका अनुसार डोनाल्ड ट्रम्पले यी राज्यहरूमा ठूलो अग्रता हासिल गरेका छन् ।

    अमेरिकामा ७ स्विङ स्टेटहरु छन् । यी अन्य प्रदेशको तुलनामा महत्वपूर्ण मानिन्छन्, किनकि सबै राज्यले दलहरूको परम्परागत समर्थनलाई महत्व दिँदा पनि यी स्विङ राज्यहरूमा दलहरूको समर्थन परिवर्तन भइरहन्छ । यस्तो अवस्थामा राष्ट्रपति  उम्मेदवारले यी स्विङ स्टेटमा जितेमा चुनावमा विजयी हुने देखिएको छ । त्यसैले स्विङ स्टेटले राष्ट्रपतिको उम्मेदवारको भाग्यको फैसला गर्ने मानिन्छ ।

    अहिले यी ७ राज्यको अपडेट आएको छ । जसमध्ये डोनाल्ड ट्रम्प सबै स्विङ स्टेटमा अगाडी रहेका छन् भने कमला ह्यारिस पछाडी परेकी छन् । यी शुरुवाती रुझान नतिजामा परिवर्तन भएमा ट्रम्प विजयी हुने छन् । 

    सातवटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल कलेज  भएको नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुने निश्चित भएको बिबिसीले उल्लेख गरेको छ ।

     त्यस्तै पेन्सिल्भेनिया १९ इलेक्टोरल कलेज भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्यको रूपमा उभिएको छ । यहाँ अहिलेसम्म डोनाल्ड ट्रम्प ५१.३ प्रतिशत मतका साथ अगाडि छन् । योसँगै ह्यारिसले ४७.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

    त्यस्तै, जर्जिया, मिशिगन, एरिजोना, विस्कन्सिन र नेभाडामा ट्रम्प अगाडी रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij