२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  •  काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ ।

    डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो ।

    सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् ।

    यो समाचार तयार पार्दासम्म ट्रम्पलाई बहुमत ९२७० इलेक्टोरल भोट० हासिल गर्न मात्रै ५ इलेक्टोरल भोट आवश्यक छ । तर स्वीङ स्टेटमध्ये विस्कन्सन, मिचिगन, एरिजोना र नाभाडामा ट्रम्प अगाडि छन् । विस्कन्सनमा १० इलेक्टोरल भोट छ र ९१ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा ट्रम्प निकै अगाडि छन् ।

    ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

    रिपब्लिकन पार्टीले यसपटक राष्ट्रपति निर्वाचन मात्र होइन तल्लो र माथिल्लो दुवै सदनमा समेत कब्जा जमाउने पक्का भएको छ ।

    जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij