परासी ।पश्चिम नवलपरासीमा बजार अनुगमन गरिएको छ ।संयुक्त जिल्ला बजार अनुगमन समितिले रामग्राम नगरपालिका क्षेत्रका बजारमा बजार अनुगमन गरेकाे हाे । अनुगमनकाे क्रममा अधिकाश पसल संचालकले फर्म नविकारण नगराएकाे र मुल्य सुर्ची नराखेकाे पाईएकाे घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषाेत्तम पाैडेलले जानकारी दिए ।
उनकाे अनुसार रामग्राम नगरपालिकाले दिएकाे सटर भाडामा व्यवसाय संचालन गरेका व्यवसायीहरूले नविकारणकाे म्याद ग्रुजेकाे ,मूल्य सुर्ची र फर्म दर्ता नगरीकन संचालन गरेकाे पाईएकाे बताए । नगरपालिकाले दिएकाे भाडामा सटरमा संचालन गरेकाे मिष्ठान भण्डारमा मिठाईमा माखा पारेकाे भेटिएकाे पाैडेलले बताए ।श्री गणाेश मिष्ठान भण्डारमा रसबरी मिठाईमा माखा भेटिएकाे उद्योग अधिकृत पाैडेलले जानकारी दिए ।
नगरपालिकाले दिएकाे सटर भाडामा संचालन रहेका मिष्ठान भण्डार किराना पसल ,हाेटल माेबाईल पसल ,बिज भण्डार,भेटेनरि पसल गरि १७ वटा पसलमा अनुगमन गरिएकाे घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका मनाेज चाैधरीले जानकारी दिए ।
अनुगमन समितीमा उद्योग अधिकृत पुरूषाेत्तम पाैडेल उपभोक्ता हित संरक्षण मञ्च जिल्ला सचिव माेहन पाैडेल ,रामग्राम नगरपालिकाका प्रतिनिधि ,पत्रकार लगायतकाे सभागिता रहेकाे थियोे ।




