२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

चार हप्तामा ‘१२ गाउँ’को ग्रसकलेक्सन साढे २५ करोड

चार हप्तामा ‘१२ गाउँ’को ग्रसकलेक्सन साढे २५ करोड

चार हप्तामा ‘१२ गाउँ’को ग्रसकलेक्सन साढे २५ करोड

चार हप्तामा ‘१२ गाउँ’को ग्रसकलेक्सन साढे २५ करोड

चार हप्तामा ‘१२ गाउँ’को ग्रसकलेक्सन साढे २५ करोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चार हप्तामा यो चलचित्रले २५ करोड ५० लाख ग्रसकलेक्सन गरेको हो । 

    निर्माणपक्षले ‘१२ गाउँ’ पाँचौं हप्तामा प्रवेश गरेको अवसरमा चार हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । आजबाट यो चलचित्र प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ ।  यो चलचित्र दसैँको अवसर पारेर फूलपातीका दिन रिलिज भएको थियो । 

    ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् ।

    सिनेमामा बिराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । 

    बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।सिनेमामा बिराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij