बुटवल । नेपाल महिला मगर संघ बुटवल ११ ईकाई समितिले सामाजिक कामका लागि देउसीभैलो खेलेको छ ।
महिलाहरु मात्र आवद्ध टोलिले मौलिक संस्कृतिका गित नृत्य प्रस्तुत गरेको नेपाल महिला मगर संघ बुटवल ११ ईकाई समितिका कोषाध्यक्ष एवं भैलो संयोजक खिमा पुनले जानकारी दिईन् ।
उनले भैलोबाट संकलित रकमबाट महिलाहरुका लागि बिभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरिने बताईन् ।
भैलो खेलेर बनभोज जाने र रमाईलो गर्ने परिपाटिलाई चिर्दै विशुद्ध सामाजिक कार्यका लागि नेपाल महिला मगर संघ बुटवल ११ ईकाई समितिले काम गरिरहेको उनले बताईन् ।




