२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  •  बुटवल । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको  सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे  मुग्लिङबाट  नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को  ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरु रहेका छन् ।

    हायसमा सवार  गोर्खा आरुघाट गाँउपालिका  वडा नम्बर १ मान्बु का  ४० वर्षीय राजबहादुर  गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव  ३५ वर्षको पुरुषको मृत्यु भएको प्रनाउ रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।  उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । 

    यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ  महानगरपालिका वडा नम्बर  ३२ का  ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ ।

    यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका  ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा  गम्भीर चोट लागेको छ ।

    बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको  निधारमा चोट छ ।  बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर  १३ प्रगती टोल बस्ने वर्ष १९ को मो.साकिर मिँयाको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मिँयाको  दुबै खुट्टामा चोट छ ।  

    दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर  ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम  बिष्टलाई प्रहरीले  नियन्त्रणमा  लिएको छ । पछिल्लो समय चितवनमा हरेक दिन जसो दुर्घटना भइ रहेको छ । यो पछिल्लो दुर्घटना के कारणले भयो भन्ने बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij