२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१

  • दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन।

    प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएका छन । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पुर्‍याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ ।

    स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ ।‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तिब्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’ 


    स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधासम्पन्न १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन निर्माणको काम अघि बढेको छ ।

    ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको हो । यो अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हवको रुपमा विकासित हुने छ । अहिले देखिएका उपचारका जटिलताहरु समाधान भएर जाने विश्वास सरकारले लिएको छ ।


    प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी कार्य तीव्र रुपमा अघि बढेको छ ।

    २०८२ सालभित्रै निर्माण सम्पन्न हुने लक्ष्य सहित हाल ६५ प्रतिशत काम पूरा भइसकेको छ । साथै, १ खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न सरकारले पहल लिएको छ । 


    बाँके जिल्लाको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषि लगायत अध्यापन गराईँदै आएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्नेसरकारको योजना रहेको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ ।

    रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाएको छ । 


    लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७६\०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक निर्माणको कामलाई तिब्रता दिनेगरी काम अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए।

    यस बर्ष सडक निर्माणको लागि बजेट रहेको समेत जानकारी दिए । करिब ३ सय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयलले हेर्दै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij