लुम्बिनी। म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन । म्यामारका प्रसिद्ध एव्म बौद्ध धर्मका ९१ बर्षिय शिखर धर्मगुरु फा–उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एव्म प्राचिन कपिलबस्तु क्षेत्रको भ्रमण गरेका हुन।।
कार्तिक १८ गते लुम्बिनी आइपुग्नुभएका धर्मगुरुले मायादेवि मन्दिरको दर्शनसँगै ध्यान र पूजा समेत गरेका थिए।
यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र र्धगुरुले सालबृक्ष बृक्षारोपण गरेका छन । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा–उकले प्राचिन कपिलबस्तु स्थित बुद्धले ज्ञानप्राप्तीपछि प्रथम पटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेक भ्रमणटोलीका तारा राईले जानकारी दिए ।
यसैगरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरुलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी बाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।
धर्मगुरुलाई लुम्बिनी र कपिलबस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गरेका थिए। धर्मगुरुलाइ लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत स्वागत गरेको थियो ।




