२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आस्था समूहको १५औं साधारणसभा

आस्था समूहको १५औं साधारणसभा

आस्था समूहको १५औं साधारणसभा

आस्था समूहको १५औं साधारणसभा

आस्था समूहको १५औं साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • बुटवल । लागु औषध र एचआईभी एड्सको क्षति न्यूनिकरणका क्षेत्रमा काम गर्दै आइरहेको आस्था समूह रुपन्देहीको १५ औं वार्षिक साधारणसभाले विभिन्न निणर्यहरु गरेको छ ।

    साधारणसभाले लागु औषध सम्बन्धी राष्ट्रिय नीति परिवर्तनका लागि पैरवी कार्यक्रम गर्ने, लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनस्थापनाका लागि भवन निर्माण, एचआईभी एड्सको क्षति न्यूनिकरणका लागि सामुदायिक सहित विभिन्न कार्यक्रम,अन्तर्राष्ट्रिय दिवस तथा उत्सव आयोजजना, अवलोकन लगायतका कार्यक्रमहरु गर्ने निणर्य गरेको छ ।

    साधारणसभामा अध्यक्ष केशव पुन, सचिव सुजन पुन र कोषाध्यक्ष दिनेशरत्न तुलाधरले पेश गरेका प्रतिवेदनहरु सर्वसम्मतरुपमा पारित भएका संस्थाका कार्यसमिति सदस्य भुवन श्रेष्ठले जानकारी दिए ।

    साधारणसभामा सेभ द चिल्ड्रेनका सिनियर प्रोगाम कोअर्डिनेटर सुवास श्रेष्ठ,एएचएफ नेपालका धर्मराज भट्टराई,लुम्बिनी प्रादेशिक अस्पतालका भीम ज्ञवाली,बुटवल वडा नं ३ का वडा सदस्इ अमृत खड्का लगायतले बोल्दै आस्था समूहले लागु औषध र एचआईभी एड्सको क्षति न्यूनिकरणका क्षेत्रमा सराहनीय काम गरेको चर्चा गर्दै संस्थालाई थप क्रियाशील बनाउन सरोकारवाला निकायको साथ र रचनात्मक सुझाव आवश्यक रहेको धारणा राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij