२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

लुम्बिनी प्रदेश सरकारको बजेट पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १३ २०८१
बुधवार, आषाढ १३ २०८१
  • बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट आज प्रदेशसभामा बहुमतले पारित भएको हो । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका छन् ।

    प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशसभा नियमावली २०७९ को नियम १४२ को उपनियम ६ बमोजिम अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

    बजेटमाथि सोमबार, मंगलबार र बुधवार तीन दिन लगातार छलफल भएको थियो । बुधवार आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, लोकसेवा आयोग र मुख्य न्यायधिवक्ताको कार्यालयको बजेट माथि पनि छलफल भएको थियो ।

    सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले समेत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रदेशसभा बैठकमा कांग्रेसकी सचेतक निमा गिरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव पेस गरेकी थिइन् । उनको प्रस्ताव सदनमा बहुमतले अस्वीकृत भएको छ ।

    लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रुपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात ८ दशमलव ०६ प्रतिशत हुने सरकारको अनुमान छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij