२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए ।

    बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

    भ्यालेन्सियाका मेयर मारिया जोस क्याटालाले प्रदर्शनबाट भएको क्षति देखाउँदै यस्तो बर्बरताले समाधानको बाटो नदेखाउने प्रतिक्रिया दिएकी छन् भने भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ ।

    अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी अझै बेपत्ता छन् । यसअघि बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा गएका स्पेनका राजा फिलिप छैटौंलाई भ्यालेन्सिया क्षेत्रका आक्रोशित स्थानीयले दुर्व्यवहारसमेत गरेका थिए

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij