२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताएका छन । उनले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राखे ।

    बुटवल हस्पिटल प्रा.लिको स्थलगत अवलोकन गर्दै पुर्व मन्त्री पुनले बिमा का नाममा सरकारी अस्पतालहरुबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताए ।

    उनले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिए । उनले बुटवलमा बिरामी आएपछि भारतिय शहर देखि राजधानी काठमाडौं जान नपर्ने अवस्थाको श्रृजना गर्नु पर्ने बताए ।  

    सो अवसरमा अस्पतालको बारेमा जानकारी दिर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा भएका विकृतीहरुको अन्त्य गर्दै जनताले सरल सहज ढंगले उपचार पाउनु पर्ने धारणा राखे । उनले राज्यले स्वास्थ्य संस्थाहरुको अनुगमन समेत समय समयमा गर्नु पर्ने बताए । 

    सो अवसरमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij