भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो ।
लामिछानेको प्रतिक्षामा रहेको उनक समर्थककहरुले एयरपोर्ट अगाडि विहानैबाट जम्मा भई प्रदर्शन गरिरहेका थिए । मौसम खराबीका कारण दिउसो मात्रै आएका लामिछानेलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगिएको छ ।
लामिछाने वयानमा भइरहदा राष्ट्रिय स्वतन्त्र पाटीका कार्यकर्ताहरुले भैरहवाको लुम्बिनी गेटबाट विरोध र्याली निकाली नगर परिक्रमा गरिरहेकका छन । लुम्बिनी रोड गेट अगाडिबाट सुरु भएको विरोध कार्यक्रम बुद्ध चोक, बम्रेली टोल हुदै मिलनचोक तर्फ पुगेको छ ।









